बेलायतका स्कूलमा प्रवेश गर्दा चक्कु चेक गरिने

बेलायतका स्कूलमा प्रवेश गर्दा चक्कु चेक गरिने

लण्डन : बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ । यसका लागि पहिलो चरणमा विद्यालय छिर्नु अघि उनीहरुले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ ।

विद्यालय छिर्ने द्वारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोेकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण (मेटल डिटेक्टर) जडान गर्न लागिएको लण्डनको महानगर कार्यालयले जनाएको छ ।

लण्डनका मेयर सादिक खानले सो जानकारी बुधबार दिनुभएको छ । उहाँले विद्यार्थीले चक्कु बोकेको पत्ता लगाउनका लागि यस्तो संयन्त्र जडान गर्न लागिएको र यसबाट चक्कु बोक्ने युवायुवतीहरुको लत हटाउन सहज हुने धारणा राख्नुभयो ।

पछिल्लो समयमा बेलायतमा चक्कु आतङ्क मच्चिने गरेको छ । यस वर्षमात्र बेलायतमा २४ जनाको चक्कु प्रहारबाटै ज्यान गएको छ ।
हालैमात्र गरिएको एक अनुसन्धानबाट ती हत्यामा संलग्न भएकामध्ये सबैजसो २५ बर्षमुनिका युवा रहेका थिए ।

युवाहरुमा पछिल्ला केही महिनायता चक्कु बोक्ने लत बढ्दै गएकोले त्यो छुटाउन सहयोग पुगोस भनेर विद्यालयमा यस्तो उपकरण जडान गर्न लागिएको मेयर सादिकले जानकारी दिनुभएको छ ।

यस हप्तामात्र पनि लन्डन महानगरपालिकाका विभिन्न तीन नगरमा चक्कु प्रहार गरी हत्या भएका तीन छुट्टाछुट्टै घटनाको सामना गरिएको प्रहरीले जनाएको थियो ।

गएको हप्ता लण्डनको प्रहरीले चक्कु जफत गर्ने अभियान चलाएको थियो । उक्त प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार एक हप्तामा मात्र लण्डनका विभिन्न स्थानमा युवाहरुको साथबाट ५१८ वटा चक्कु फेला पारेको थियो ।

यो कार्वाहीपछि लण्डन प्रहरीले युवालाई चक्कु बोक्ने लत छुटाउन यस्तो नीति बनाउन आवश्यक रहेकोले विद्यालयमा छिर्ने द्वारमा नै उक्त उपकरण राख्ने निर्णयमा पुगेको बताइएको हो ।

बेलायतमा केही समय यता आतंककारी गतिविधिमा चक्कु प्रहार गरी हत्या गर्नेजस्ता हिंसात्मक घटनामा बृद्धि भएको छ । जसले गर्दा यहाँको प्रहरीले विभिन्न सुरक्षा मापदण्डहरु लागु गरिरहेको छ ।

त्यसैगरी मेयर सादिकले चक्कुले तिम्रो जीवनको रक्षा गर्ने नभई नष्ट गर्ने हो भन्ने सन्देशमूलक अभियानहरु सञ्चालन गर्न महानगरका हरेक समुदाय र नगरिलाई विशेष आग्रह पनि गर्नुभएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.