इमेल/इन्टरनेटको २२ वर्ष
अमेरिकाको बेट्स कलेजमा ‘बायो केमेस्ट्री’ तेस्रो वर्षमा पढिरहेका बेला मेरो दाइ (मनोज)ले सियाटलस्थित ‘युनिभर्सिटी अफ वासिङटन’ बाट इलेक्ट्रिकल इन्जिनियरिङ पास गर्नुभएको थियो । केही महिना बेरोजगारीमा कम्प्युटर चलाएर समय बिताएका दाइले लिनक्स अपरेटिङ सिस्टम चलाएर इमेल सर्वर बनाउनुभएको थियो । मैले नेपाल फर्किएर त्यसलाई प्रयोगमा ल्याउँ भनें । त्यो बेला नेपालमा फोन गर्न एकदम पैसा लाग्थ्यो, चार महिनामा एकचोटि आमाबुवास“ग कुरा हुन्थ्यो । कम्तीमा आमाबुबास“ग सजिलै कुरा गर्न पाइयोस भन्ने थियो । दाइ जागिर पाएर व्यस्त हुनुभयो । मेरो दिमागमा चाहि“ नेपाल फर्केर इमेल सेवा सुरु गर्ने चस्का लागिसकेको थियो ।
नेपालमा बस्ने श्याम दाइ (फूपुका छोरा) स“ग सल्लाह गर्दा मर्कन्टाइल इमेल सेवा सुरु गर्ने योजानामा रहेको थाहा पाइयो । यो सन् १९९५ को कुरा हो । यो काम आफैं सुरु गरौंभन्दा श्याम दाइले गर्नैपर्छ भनेर हौस्याउनुभयो । स्वअनुसन्धानकै क्रममा दाइले बनाएको सर्वर उपयुक्त लागेन, आफैंले नया“ सफ्टवेयर खोजेर इमेल सिस्टम बनाए“ । पूरा सेट पनि नभएको सर्वर बोकेर म फर्किए“ । अहिले पनि सम्झिन्छु, सन् १९९५ को मे महिना, नेपाल फर्किंदा मस“ग एउटा कम्प्युटर र मोडेममात्र थियो, महत्वकांक्षा ठूलो थियो । चार महिनापछि हामीले सेवा सुरु भएको घोषणा गर्यौं । कम्पनीको साझेदारमा मेरो दाइका साथै श्याम दाइ र विजय जालान (मामाको छोरा) चारजना थियौं ।
त्यसअघिको चार महिना ए चार साइजको पेपरमा विज्ञापन बनाएर हरेक पोस्ट बक्समा हाल्ने काम गरिएको थियो । यसले खुल्दुली मच्चाइसकेको थियो । उच्च महŒवाकांक्षा बोकेर देश फर्किन लाग्दा पैसा सुको थिएन । पढाइको तेस्रो वर्षमा थेसिस तयार पार्न कलेजले ३५ सय डलर र ट्राभल खर्च दिन्थ्यो । रिसर्च अमेरिकामै गर्नुपथ्र्यो । बुबाको रिसर्च ल्याब पनि छ भनेपछि कलेजले मलाई रिसर्चको काम नेपालमै गर्न अनुमति दिएको थियो । त्यही पैसाले आतेजाते टिकट कम्प्युटर/ मोडेम/सफ्टवेयर किनेको थिए“ ।
मर्कन्टाइल पहिलो
मर्कन्टाइल सुरु भएको दुई महिनामा वल्र्डलिंक आएको थियो । पहिला हाम्रो सिस्टम डायलअप हुन्थ्यो । ग्राहकले लेखेको इमेल हाम्रो सर्वरमा आएर खस्थ्यो, सर्वरमा कनेक्ट हुन्थ्यो । कसैलाई कुनै इमेल आएको भए पुल भएर जान्थ्यो, अमेरिकामा मेरो दाइको घरमा त्यहि सेटअप थियो । उहाँले अमेरिकाबाट डायल गरेर यहाँको कम्प्युटरमा जोडेर इमेल आदानप्रदान गर्ने काम हुन्थ्यो । डब्लूलिंक डट कम डट एनपीको डोमेनको जति पनि इमेल हुन्थ्यो, सबै दाइले त्यहाँबाट यहाँ खसाल्दिनु पथ्र्यो । हामीले पठाउनुपर्ने इमेलजति सबै त्यहाँको कम्प्युटरमा खसाल्दिन्थ्यौं । त्यहा“बाट दाइले कल गर्नु हुन्थ्यो । दाइसँग इन्टरनेट कनेक्सन थियो त्यसैले त्यहाँबाट उहाँले चलाउनुभएको थियो । मोडेम लिंक बडा गाह्रो काम थियो । स्याटालाइटमार्फत आउने टेलिफोन कल प्रष्ट नसुनिने हु“दा मोडेम लिंक गर्न महाभारत थियो । रिसर्च गर्दा एउटा कम्पनी फेला पर्यो । उसले नेपाल, इन्डिया, अफ्रिकामा डेटा कम्युनिकेसन गर्न सक्ने मोडेम निर्माण गरेको थियो । नयाँ मोडेम जडान गरेपछि राम्रोसँग काम गर्न थाल्यो । एउटा मोडेमको १५ सय डलर परेको थियो । त्यो बेला म अमेरिकामै चौथो वर्षमा पढ्दै पनि थिए“ । मसग सम्पर्कमा यताको काम साझेदारले गर्नुहुन्थ्यो । त्यो समयमा अमेरिकामा पनि इन्टरनेटको पहुच सजिलो थिएन ।
सन १९९६ जनवरीमा ब्लुस्टार होटेलमा पहिलो ‘क्यान इन्फोटेक’ मेला भयो, कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को आयोजनामा । क्यान इन्फोटेकभन्दा पहिले इमेलका ग्राहक ट्राभल एजेन्सी, पीसीओ तथा एम्बेसी आदि विदेशी संस्था र सीमिति बिजनेस हाउसमात्र थिए । क्यान इन्फोटेकले एकप्रकारले भूकम्प ल्यायो । हामीले तीन÷चार सय ग्राहक थप्यौं, कम्पनी ह्वात्तैमाथि आयो । पैला एउटै टेलिफोन लाइनबाट सबै काम हुन्थ्यो, अब नथेग्ने भयो । टेलिफोन सजिलै कहा“ पाइन्थ्यो र, लाइन पाउन सञ्चार मन्त्रीको तोकआदेश चाहिने जमाना थियो ।
३० हजार तिरेपछि चाहि ओआईटीबाट लाइन पाइन्थ्यो । हामीले प्रयोग गर्ने एउटा लाइन पनि बुबाको ल्याबको फ्याक्सको थियो । त्यसलाई मोडेममा राख्थ्यौं, फ्याक्स आउँदा फ्याक्समा जोड्न पथ्र्यो । एउटा लाइनमा अमेरिकाबाट कल आउने, ग्राहकले पनि त्यसैमा कल गर्ने । नभ्याउने भएपछि ओआईटीबाट चार लाइन टेलिफोन लियांै । त्यसपछि अमेरिकाबाट पनि कल बढ्न थाल्यो, इमेलको संख्या बढेर हरेक घन्टा कल हुन थालेको थियो । यसपछि लिजलाइन लिने निणर्य गरियो । लिजलाइन भनेको यहाँबाट अमेरिकासम्म सँधै अन हुने फोनलाइन । लिजलाइनमा ६४ केबीपीएस डाटा हाल्न सकिन्थ्यो ।
ग्राहक बनाउन आफैं घरघरमा पुग्थ्यौं । जडान गर्दिने, समस्या परे आफैं फोन उठाइदिने, सपोर्ट दिने काम आफैंले गरियो । सेवाबाट ग्राहक सन्तुष्ट देखिन्थे । मर्कन्टाइलका ग्राहक सपोर्ट चाहिए कम्प्युटर लिएर उसको अफिसमै पुग्नपथ्र्यो । बिस्तारै मर्कन्टाइलका ग्राहक वल्र्डलिंकतिर सरे । लिजलाइन लिदाँ सबै कुरा स्याटालाइटबाटै कम्युनिकेसन हुन्थ्यो । त्यसमा दुईवटा सर्किट हुन्थो । एउटा सर्किट ट्रास्मिटको, अर्का रिसिभका लागि । विदेशमा सञ्चार सम्पर्क गर्न एउटै कम्पनीको एकाधिकार थियो, नेपाल टेलिकमको । क्यानडाको टेलीग्लोब कम्पनी एउटा सर्किट दिनेभयो ।
एउटा सर्किट उसले दिए पनि एउटा नेपाल टेलिकमस“ग नलिई हुन्नथ्यो । टेलीग्लोब महिनाको चार हजार डलरमा एउटा सर्किट दिन तयार भयो, नेपाल टेलिकमको शुल्क पाँच लाख रुपैया“ थियो । त्यो बेलासम्म मर्कन्टाइलले सिंगापुरको सिङटेलसँग लिजलाइन लिइसकेको थियो । र, उसले फुल इन्टरनेट सर्भिस भनेर सेवा विस्तार गरिरहेको थियो । १९९७ जनवरीको कुरा हो, दोस्रो क्यान इन्फोटेकमा हामी पछि पर्याै । हामी किलोबाइटमा इमेल बेचिरहेका थियौं, मर्कन्टाइलले प्रतिमिनेट चार्जमा इन्टरनेट बेच्न सुरु गरिसकेको थियो ।
हामीले पनि सेवा नलिई नहुने भयो । महिनाको सात लाख तिरेर जोखिम लिने निर्णय गरियो । घरको एउटा कोठाबाटै सबैकाम गरिरहेको कम्पनीका लागि त्यो बेलाको सात लाख, जोखिमपूर्ण थियो । तर, जोखिम मोल्नैपर्ने, कि कम्पनी बन्द गर्नुपर्ने अवस्था थियो । दक्षिण एसियाली बजारमा सम्भावना हेरिरहेको टेलीग्लोबले ६ महिनाको सेवा उधारोमा दिनेभयो, यता टेलिकमले पनि ६ महिनासम्म पैसाको ताकेता गरेन । त्यसले हाम्रो ‘क्यासफ्लो मिलाइदियो । अहिले यसो सोच्छु दुवैलाई महिनापिच्छे सात लाख तिर्न परेको भए, डुब्थ्यौं कि ।
इन्टरनेटको माग एकदम बढिसकेको थियो । त्यो समय प्रतिमिनेटमा चार्ज गर्ने प्रणाली थियो । १९९७ मा टेलिकम नीति आयो, १९९८ मा दूरसञ्चार प्राधिकरण (एनटीए) स्थापना भयो । पहिलो अध्यक्ष भूपराज पाण्डे प्रतिस्पर्धामार्फत कसरी प्रविधिमा फड्को मार्ने भनेर चिन्तन गर्ने स्वभावका थिए । उनले नै निजी टेलिकम अपरेटरलाई आफ्नै भिस्याटको लागि अनुमति दिए, यसअघि दक्षिण एसियामा बंगालदेशले मात्र यस्तो अनुमति दिएको थियो । १९९८ मा सूचना तथा सञ्चार मन्त्रालयले बोलाएर हामीलाई लाइसेन्स दिएको थियो । मर्कन्टाइल, वल्र्ड लिंकका साथै कम्प्युटरल्यान्ड लाइसेन्सप्राप्त इन्टरनेट सेवा प्रदायक (आईएसपी) भए । १९९९ मा भिस्याटको स्थापना गरियो ।
भिस्याट पाएपछि सिधै थाइकम भन्ने कम्पनीसँग स्याटालाइट कनेक्ट गरेर इन्टरनेट लिइयो । त्यतिबेला प्रतिएमबीपीएस चार हजार डलर तिर्नुपथ्र्यो । एमबीपीएस भनेको केबीपीएसको १५ गुणा हो । हामीले १५ गुणा बढी इन्टरनेट सस्तोमा पाएपछि ग्राहकलाई पनि ब्यान्डविथ बढी दिन सकियो । भिस्याट पाउनु इन्टरनेट सेवामा ठूलो फड्को थियो । टेलिकमले पनि सुरुवात गर्यो । टेलिकम र हाम्रो सेवामा खासै फरक थिएन, सपोर्ट पाउने भएकाले ग्राहक हाम्रोमा आकर्षित थिए । त्यहि समयमा बजारमा अन्य कम्पनीको पनि प्रवेश भयो ।
२००२ मा आइपुग्दा अब डायलअपबाट ग्राहकको माग पूरा गर्न सकिन्न भन्ने लाग्न थाल्यो । त्यो बेला एडीएसएल विश्वमा उदाएको प्रविधि थियो तर एनटीसी आफैं गर्ने योजनामा थियो । सुविसु आइसकेको थियो, टीभी केबलको सेवा लिएर । उनीहरूको केबलबाट इन्टरनेट पनि दिने प्रस्ताव राख्दा मानेनन् आफैं इन्टरनेट पनि सुरु गर्ने योजनामा भएकाले । त्योबेला आफैंले ‘क्वाएक्स केबल’ हाल्ने अवस्था थिएन । टीभी केबलवालाले सहरमा आआफ्नो एरिया निर्धारण गरेका थिए । आफ्नो एरियामा केबल थपिएको देखे काटिदिन्थे । भारतमा पोलपोलमा नेटवर्क स्विच हालेर इन्टरनेट सेवा दिन सुरु गरिएको देखें । प्रविधिमा खासै दम त थिएन, काम चलाउ भनेर सुरु गरियो । ग्राहकको उच्च गतिको इन्टरनेट चाहना पूरा गर्न अरु उपाय पनि थिएन, यसैले २००३ मा केबुलमार्फत इन्टरनेट सुरु नगरी भएन । त्यसअघि २००० देखि नै वायरलेस इन्टरनेट दिन थालिए पनि महँगो भएकाले बिजनेस हाउसमा मात्र पुर्याउन सकियो, असफलनै भयो ।
टेलिकमले भारतको बीएसएनएलमार्फत सस्तोमा इन्टरनेट ब्यान्डविथ खरिदको सम्झौता गरी २००४ मा एडीएसएल सुरु गर्यो । निजी कम्पनीमाथि दबाब सिर्जना भयो । एडीएसएलको स्पिड राम्रो र सस्तो पनि । हामीले स्याटालाइटमार्फत इन्टरनेट लिइरहेका थियौं । हाम्रो लागत प्रतिएमबीपीएस १५ सय डलर, उसको तीन सय डलर । त्यसपछि भारतमा एयरटेल, टाटा, बीएसएनएलसँग कुरा गर्दा दुई सरकारी संस्थाबीच भएको सहकार्य अन्तर्गत प्राप्त सस्तो सेवा निजी क्षेत्रले सजिलै पाउने देखिएन । धाउँदाधाउदा २००६ मा बल्ल अप्टिकल फाइबर स्थापना गर्न र विदेशबाट ब्यान्डविथ ल्याउन सफल भइयो । त्योभन्दा अघिको डेढ वर्षमा २५/३० प्रतिशत बिजनेस गुमाउन परेको थियो । निजी क्षेत्रका आईएसपीका लागि सबभन्दा खराब समय थियो, त्यो ।
वायरलेसमा पनि सस्तो प्रविधि भित्रिएको थियो । तर, ग्राहक बढेपछि त्यसले थेग्न सकेन, समस्या आउन थाल्यो । त्यसपछी मैले मन्त्रालयमा गएर वाइम्याक्सको लाइसेन्सका लागि गुहारेको थिए“ । त्यो बेला वाइम्याक्स नयाँ र सबैभन्दा राम्रो प्रविधि थियो । तारतार जोड्नुभन्दा वाइम्यास पाए वायरलेसमार्फत गुणस्तीरय सेवा दिन सकिन्छ भनेर लागिपरेको थिए“, कहिले पाइएन । केही उपाय नलागेपछि सन २०१० मा त्यही पुरानो केबल नेटवर्कलाई अपग्रेड गरी सेवा दिने निर्णय गरियो । संयोगवस नया“ प्रविधिको गुणस्तरीय नेटवर्क स्विच चीनमा फेला पर्यो ।
पहिलोपटक १० एमबीपीएसको सेवा लन्च गरेपछि ग्राहकले धेरै मनपराइ दिए । २०१४ मा फाइबर टू द होम (एफटीटीएच) को भैरहवामा परीक्षण गरी सफल भएपछि काठमाडौंमा यही प्रविधि अपनाइयो । एफटीटीएच उच्च गतिको भरपर्दो सेवा दिने पछिल्लो प्रविधि हो । त्यसले राम्रो प्रतिफल दियो । काठमाडांभरि भएको हाम्रो पुरानो नेटवर्कलाई विस्थापित गरेर एफटीटीएच ल्याइएको हो । एकदमै सफल भएपछि ढुक्क भएर आक्रामक रूपमा ग्राहक विस्तारको काम भइरहेको छ । नेपालका सबै ग्राहकमा एफटीटीएच सेवा पुर्याउने योजना छ । वाइम्याक्सका लागि सञ्चार मन्त्रालय र दूरसञ्चारको धेरै चक्कर लगाएको थिए, आखिरमा टेलिकमले मात्र पायो । टेलिकमको वाइम्याक्समा १५ हजारजति ग्राहक छन् । मैले वाइम्याक्सको लाइसेन्स पाएको भए एफटीटीएच प्रविधिमा गइन्थेन, वाइम्याक्स एफटीटीएच जत्तिकै सफल नहुन सक्थ्यो । यसैले जे पाइएन, राम्रैको लागि पाइएन भन्ठान्छु । एफटीटीएचमा कम्तिमा एक दशकको लागि ढुक्क भइएको छ । डायलअप इन्टरनेटको जमानापछि पहिलोचोटी एफटीटीएचमा काम गर्न मज्जा आएको छ ।
इन्टरनेटको विकास इन्टरनेट सर्विस प्रोभाइडर (आईएसपी) ले गरेका हुन, संसारैभरि । टेलिकम कम्पनीले त चुनौतीका रूपमा लिए, यसलाई रोक्न चाहे । उनीहरूले बुझे अब यसलाई रोक्न सकिन्न, अनि प्रतिस्पर्धामा आए । किन्न पनि थाले । अमेरिकाको पहिलो आईएसपी अर्थलिंक त्यहा“को टेलिकम कम्पनी स्प्रिन्टले किन्यो । भारतको इस्पेक्ट्रानेट अहिले एयरटेलको स्वामित्वमा छ ।
इन्टरनेटको पहुँच गाउँगाउँमा पुर्याउन एउटा फोरजी अपरेटरलाई फ्रिक्वेन्सी नदिइ हुन्न । त्यो टेलिकम वा एनसेलजस्तो भ्वाइस कलको व्यापारमा केन्द्रित कम्पनीलाई दिएर हुन्न, मोबाइल डाटामै केन्द्रित हुने कम्पनी हुनपर्छ । भारतमा रिलायन्सको जियोलाई फोरजी अपरेटरको फ्रिक्वेन्सी दिएपछि मोबाइल डाटाको गुणस्तर बढ्नुका साथै सस्तो भयो । यहा पनि बढाबढ (अक्सन) मा फोरजी अपरेटरको फ्रिक्वेन्सी दिने प्रावधान छ । सरकारले ढिलो गर्नु हुन्न । ग्रामीण भोगमा इन्टरनेट पुर्याउने एकमात्र विकल्प यही हो । किनकी ग्रामीण भेगमा गएर कसले केबल तान्ने ? टेलिकमले तान्न सक्तैन त वल्र्ड लिंकले कसरी सक्छ ? अमेरिकामा पनि ग्रामीण भेगमा ब्रोडव्यान्ड विस्तार हुन सकेको छैन् । सरकाले सहुलियत दिँदा पनि भएन ।
आईएसपी कम्पनीलाई केबल व्यवस्थापनको समस्या छ । गत वर्ष हामीले एक अर्ब ५० करोड लगानी गर्यौं, अबको ६ महिनामा थप एक अर्ब लगानी गर्ने योजना छ । यसरी लगानी गरिएको केबल पोलमा सयौं केबलमा गुजुल्टिएर रहेको छ, आगलागी आदि दूर्घटना भए सत्यानाश हुन्छ । ब्रोडब्यान्डको पहुँचले देशको जीडीपीमा १.५ प्रतिशतले सहयोग पुर्याएको हुन्छ । ठूला देशमा ब्रोडब्यान्डको स्पिड बढ्नुले पनि जीडीपीमा असर गर्छ । हामीले लगानी गरेको पूर्वाधारको सुरक्षा गरिदिनु सरकारको दायित्व हो । जसले पनि तार हाल्न पाउ“छन, रोकटोक छैन । यसैले केबलको सुरक्षा÷व्यवस्थापनमा चुनौती थपिँदैछ ।
अर्को, कर पनि अचाक्ली भयो । उद्योगका रूपमा मान्यता पाएपछि यतिविघ्न कर किन ? उद्योगले पाएसरह सहुलियतको हकदार हामी पनि हौं । वल्र्ड लिंकको पुराना साझेदार मेरा दाइले अमेरिकाको नागरिकता लिने भएपछि सेयर मलाई दिए, श्याम दाइ पनि अमेरिका लागेपछि उनका भाइ मनोज छन् । अवकाश लिने भएपछि वल्र्ड लिंकको सेयर समाज सेवाको लागि ट्रस्टलाई सोचेको छु । मैले आफैंले जिरोबाट व्यवसाय सुरु गरी यहा“सम्म ल्याए“, अझमाथि उक्लिँदै छु । सन्तानको पढाइ यथेष्ट लगानी गरी व्यवसाय गर्न बिउ पु“जीसम्म दिनुपर्छ भन्ने मान्यता छ । उच्च महत्वकांक्षा बोकेर देश फर्किन लाग्दा पैसा सुको थिएन । पढाइको तेस्रो वर्षमा थेसिस तयार पार्न कलेजले ३५ सय डलर र ट्राभल खर्च दिन्थ्यो । रिसर्च अमेरिकामै गर्नुपथ्र्यो ।
(कुराकानीमा आधारित)