अछाममा कांग्रेस र माओवादीद्वारा मतदान प्रक्रिया खारेजीको माग

अछाममा कांग्रेस र माओवादीद्वारा मतदान प्रक्रिया खारेजीको माग

अछाम : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र अछामले चौरपाटी गाउँपालिका ४ पायल स्थित बैजनाथ मतदान केन्द्रको मतदान प्रक्रिया खारेजीको माग गरेका छन् ।

एमाले उपाध्यक्ष भिम रावलको निर्देशन र एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुवरको प्रत्यक्ष नेतृत्वमा सुरक्षाकर्मी रमतदान अधिकृतको संलग्नतामा अरु पाटीका प्रतिनिधि र मतदातालाई लखेटी एकलौटी रुपमा गरिएको मतदान प्रक्रिया खारेजीको माग गरेका हुन् ।

कांग्रेस सचिव नमबहादुर शाही र माओबादी केन्द्रका संयोजक झपट साँउदले संयुक्त विज्ञप्ति प्रकाशित गरि आफुहरुको सहभागिता नरहेको मतदान प्रक्रिया खारेजी गरि सत्यतथ्य छानबिनको माग गरेका छन् ।

पुनः मतदान प्रक्रिया अघि नबढाएसम्म चौरपाटी गाउपालिकाका कुनै पनि वडाको मतगणना अघि बढाउन नदिने विज्ञप्तिमा उल्लेख छ । मतदानका क्रममा प्रेस पासको दुरुपयोग गर्दै एमाले समर्थित पत्रकारले अरुको नाममा पनि मतदान गरेको भन्दै दुई पाटीका उम्मेदवारले मतदान अधिकृतलाई मतदान स्थगित गर्न बुधबार ११ बजे नै निवेदन दिएका थिए ।

आफुहरुलाई बिहानै देखि मतदान स्थलबाट लखेटेर एकलौटी रुपमा मतदान सम्पन्न गराएको दुई पाटीको आरोप छ । पायल एमाले जिल्ला अध्यक्ष एवम् पुर्व सभाषद शेरबहादुर कुवरको गाउँ हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.