संगीतमार्फत दिव्यको सम्झना

संगीतमार्फत दिव्यको सम्झना

काठमाडौं : संगीतकार दिव्य खालिङको ११औं स्मृति दिवसका अवसरमा उनका गीत गाएर सम्मान तथा स्मरण गरिएको छ । गायिकाद्वय एन्जिलासिं श्रेष्ठ र आभा मुकारुङले एउटा गीत प्रस्तुत गर्दा वातावरण संगीतमय बन्यो । धेरैले दिव्यलाई सम्झिए ।

परेलीले पन्छाउला काँडा निर्मोही कुल्चने बाटोमापाउको माटो सिउँदोमा राखी सिँगारुँला सिन्दूरको साटोमा ।
अलग आर्ट हबले आयोजना गरेको सांगीतिक कार्यक्रममा एन्जिला र आभाका साथै मण्डल साम्पाङ, गीता पाण्डे, सुनिता थेगिम, विनोद बान्तवा, कर्ण लामा, सुनिता राई, विक्रम योञ्जनलगायत आर्ट हबका विद्यार्थीले गीत प्रस्तुत गरेका थिए ।

उनीहरूले खालिङका चर्चित गीत ‘बिर्सिएर मैले फेरि', ‘तिमीलाई भुल्दा', ‘उड्दै आयो चिठी चरी', ‘तिमी मान या नमान', ‘मेरा गीत सबै तिमीलाई', ‘म त लालीगुराँस भएछु', ‘जता हेर्‍यो उतै तान्ने' बोलका गीत सुनाएका थिए । उनीहरुलाई मण्डल साम्पाङ, यमकुमार समाल, नाकिम र विक्रम योञ्जनले वाद्यवादनमा साथ दिएका थिए ।

कार्यक्रममा गायिका आभा मुकारुङले दिव्य खालिङ नेपाली संगीतको पाठशालाजस्तै भएको बताइन् । स्रष्टा खालिङसँग संगत गरेकी गायिका एन्जिलाले दिव्य खालिङका धेरै सिर्जना गुमनाम अवस्थामा रहेकाले अलग आर्ट हबजस्ता संस्थाले खोजी गरेर श्रोतामाझ ल्याउनुपर्ने बताइन् । नाकिमा नाकिमले अग्रज स्रष्टाले बनाएको सांगीतिक गोरेटोलाई फराकिलो बनाउँदै अघि बढ्ने जिम्मेवारी नयाँ पुस्तामा आएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.