प्रधानन्यायाधीशमा पराजुली सिफारिस
काठमाडौं : संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उहाँलाई प्रधान्यायाधीशमा सर्वसम्मत चयन गर्दै संसदीय सुनुवाइ विशेष समितिमा पठाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पराजुलीका बिषयमा केही समय छलफल गरेको थियो । उहाँको बारेमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले केहि चासो व्यक्त गरेको स्रोतले जनाएको छ । यद्यपी उहाँले पराजुलीलाई प्रधानन्यायाधीशका लागि समर्थन गर्नु भएको थियो ।
प्रधानन्यायधीशबाट सुशीला कार्कीले अवकाश लिएपछि पराजुली कायम मुकायम प्रधानन्यायाधीश रहदै आउनु भएको थियो । न्यायपरिषदले यसअघि बरिष्ठताका आधारमा पराजुलीसहित सर्वोच्चका ६ जना न्यायाधीशको नाम परिषदमा सिफारिस गरेको थियो ।