अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षणलाई अनुमति दिन अमेरिकाको आग्रह
काठमाडौं : स्थानीय तहको दोस्रो चरणको निर्वाचन भइसकेपछि पनि अमेरिकाले अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षणलाई अनुमति दिनका लागि नेपाल सरकारलाई अमेरिकाले आग्रह गरेको छ । निर्वाचनको परिणामलाई अन्तराष्ट्रिय समुदायलाई समर्थन गर्न मौका मिल्ने पनि अमेरिकाले प्रष्टयाएको छ ।
'स्थानीय निर्वाचनको महत्वपूर्ण अन्तिम चरणमा निर्बाध रूपमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणलाई अनुमति दिनका लागि नेपाल सरकारलाई अमेरिका पुन: एक पटक आग्रह गर्न चाहन्छ'अमेरिकाले बिहिबार जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ'यसो भएको अवस्थामा मान्यताप्राप्त कूटनीतिज्ञहरू लगायत अन्तर्राष्ट्रिय समुदायलाई निर्वाचनको पर्यवेक्षण गर्ने र परिणामलाई समर्थन गर्ने मौका मिल्छ।'
तेस्रो चरणको निर्वाचनका लागि वातावरण निर्माण गर्न सरोकारवाला सबैलाई अमेरिकाले आग्रह गरेको छ । 'असोजमा सम्पन्न हुने तेस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नका लागि हामी सरोकारवाला सबैलाई आग्रह गर्न चाहन्छौँ, जसले गर्दा प्रदेश नं. २ का नागरिकहरूलाई पनि आफ्ना स्थानीय प्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने यस्तै अवसर प्राप्त हुन सकोस् प्रेस बिज्ञप्तिमा भनिएको छ ।
नेपालको स्थानीय तह निर्वाचनको दोस्रो चरणसम्बन्धी संयुक्त राज्य अमेरिकाको वक्तव्य
संयुक्त राज्य अमेरिका हिजो प्रदेश नं. १, ५ र ७ का सबैजसो स्थानमा व्यवस्थित, शान्तिपूर्ण तथा व्यापक समर्थनका साथ भएको देखिएको स्थानीय तह निर्वाचन सम्पन्न गर्ने कार्यमा सहभागी सबैले गर्नुभएको प्रयत्नको हार्दिक सराहना गर्न चाहन्छ।
असोजमा सम्पन्न हुने तेस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नका लागि हामी सरोकारवाला सबैलाई आग्रह गर्न चाहन्छौँ, जसले गर्दा प्रदेश नं. २ का नागरिकहरूलाई पनि आफ्ना स्थानीय प्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने यस्तै अवसर प्राप्त हुन सकोस्।
स्थानीय निर्वाचनको महत्वपूर्ण अन्तिम चरणमा निर्बाध रूपमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणलाई अनुमति दिनका लागि नेपाल सरकारलाई अमेरिका पुन: एक पटक आग्रह गर्न चाहन्छ । यसो भएको अवस्थामा मान्यताप्राप्त कूटनीतिज्ञहरू लगायत अन्तर्राष्ट्रिय समुदायलाई निर्वाचनको पर्यवेक्षण गर्ने र परिणामलाई समर्थन गर्ने मौका मिल्छ।
हामी स्थानीय निर्वाचनको अन्तिम चरणमा सकेसम्म धेरै मतदाताहरुको सहभागिता गराउन राजनीतिक सहमति कायम गर्ने प्रयत्नहरूलाई जारी राख्न सबैमा आग्रह गर्दछौँ। सम्बन्धित सबै पक्षबाट सम्झौता जरुरी हुनसक्दछ। हामी नेपालमा निकट भविष्यमा सम्पन्न हुने प्रादेशिक तथा केन्द्रीय निर्वाचनहरु पनि समयमै सम्पन्न भएको हेर्न चाहन्छौं जस्ले नेपालको चुनावी प्रकृयाको विश्वसनीयता बढाउनुका साथै लोकतान्त्रिक परिवर्तनलाई थप बलियो बनाउनेछ।
हामी सबै दलहरूलाई अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता तथा नेपालको कानुन र संविधानमा व्यवस्था गरिए बमोजिमको मतदाताको अधिकारलाई सम्मान गर्न आग्रह गर्दछौँ । साथै, हामी सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न अनुरोध गर्न चाहन्छौँ।
शान्तिपूर्ण, समावेसी, व्यापक समर्थन प्राप्त तथा विश्वसनीय निर्वाचन प्रकृयालाई सदैव प्रोत्साहन गरीरहन संयुक्त राज्य अमेरिका सधैं झैं प्रतिवद्ध छ।