एकै दिन पाँच करोडको दही बिक्री

एकै दिन पाँच करोडको दही बिक्री

काठमाडौ  : उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको हो । असार १५ मा दही र च्युरा खानैपर्ने नेपाली संस्कार छ । त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ । माग अत्यधिक भएकाले ठूला उद्योगीलाई यो दिन भ्याइनभ्याइ हुन्छ ।

असार १४ गतेदेखि नै आम उपभोक्ताले दहीको जोहो गरी घरमा राख्ने गर्छन् । माग बर्सेनि बढ्दै गए पनि यही समयमा हुने कच्चा दूधको अभावका कारण माग पूरा गर्न नसकिएको उद्योगीको भनाइ छ । यो वर्षको असार १५ गतेलाई लक्षित गरी औपचारिक र अनौपचारिक क्षेत्रका गरी चार लाख लिटर दही बिक्री भएको छ । यसलाई पैसामा परिणत गर्दा एक दिनमा पाँच करोड ६ लाख ३२ हजार पाँच सय रुपैयाँ बराबरको दहीको कारोबार भएको छ । उपत्यकामा मात्रै यो परिमाणमा दहीको कारोबार भएको हो ।

यसमध्ये गल्ली र चोकमा अनौपचारिक रूपमा खुलेका साना पसल (राज्यको कानुनी दायराभन्दा बाहिरका पसल) बाट भने औपचारिक क्षेत्रको तुलनामा दोब्बर परिमाणमा दहीको उत्पादन र बिक्री भएको छ । यस्तो क्षेत्रबाट तीन करोड १६ लाख २० हजार मूल्य बराबरको दुई लाख ६३ हजार पाँच सय लिटर दही कारोबार भएको व्यवसायीले बताएका छन् । नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले दूधको अभाव नभएको भए औपचारिक र अनौपचारिक क्षेत्रबाट गरी झन्डै ६ करोडको दहीको कारोबार हुनसक्ने बताउनुभयो । ‘दूधको अभाव र यातायात सहज भएको भए थप एक करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार हुन्थ्यो', अध्यक्ष राजभण्डारीले अन्नपूर्णसँग भन्नुभयो, ‘दही बनाउन मलाई नै दूध अपुग भयो ।'

उहाँले थप १५ हजार लिटर दही तयार पार्ने योजना भए पनि नारायणघाट—मुग्लिङ सडकखण्ड क्षतिग्रस्त र जामका कारण बाहिरी जिल्लाबाट दूध आपूर्ति गर्न सक्नुभएन् । दुई दिनअघि झापाबाट महँगो ढुवानी खर्चमा भित्र्याएको दूधबाट दही तयार पारी बिक्रीका लागि बजार पठाएको उहाँले जानकारी दिनुभयो । सामान्य दिनमा एन्डिज नेपाल डेरीले ६ हजार लिटर दही बिक्री गर्दै आएको छ ।

एन्डिज नेपाल डेरी उद्योगका सञ्चालकसमेत रहेका राजभण्डारीले बिहीबार ४२ लाख मूल्य बराबरको ३५ हजार लिटर दही बिक्री गर्नुभएको छ । प्रतिलिटर एक सय २० रुपैयाँमा उहाँले दही बिक्री गर्नुभएको छ । असार १५ लाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी), एन्डीज नेपाल डेरी, काठमाडौं डेरी र भक्तपुर क्षेत्रबाट मात्रै एक करोड ९० लाख १२ हजार पाँच सय मूल्य बराबरको एक लाख ३६ हजार पाँच सय लिटर स्पेसल र सुगर फ्री दही बिक्री भएको छ।

डीडीसीका महाप्रबन्धक गंगा तिम्लिसिनाका अनुसार डीडीसीले मात्रै असार १५ गतेलाई लक्षित गरी ५८ लाख १२ हजार पाँच सय रुपैयाँ मूल्य बराबरको ४६ हजार पाँच सय लिटर दही बिक्री गरेको छ । डीडीसीले ५० हजार लिटर मिठो दही सुगर फ्री दही तयार पारेको थियो । यसले सामान्य दिनमा एक हजार दुई सय लिटर दही बिक्री गर्दछ । ‘तर, स्थानीय तहको निर्वाचनका कारण थुप्रै सर्वसाधारण उपत्यकाबाट बाहिरिएकाले ४६ हजार पाँच सय लिटर मात्रै बिक्री भयो', तिम्लिसिनाले भन्नुभयो, ‘दहीको बजार ग्रुमिङ भए पनि टोलटोलमा खुलेका साना पसलका कारण पनि यो वर्ष दहीको बिक्री घटेको हो । दहीको माग र खपत सबैतिर बाँडिएर पनि बिक्रीमा प्रभाव परेको छ ।'

कच्चा दूधको अभाव हुँदा उद्योगीले भारतसहित तेस्रो मुलुकबाट अहिले सुक्खा समयमा डेढ अर्ब रुपैयाँ मूल्य बराबरका पाउडर दूध भित्र्याएर दुग्धजन्य परिकार तयार गर्दै आएका छन् ।

डीडीसीले गत वर्षको असार १५ मा ४५ हजार पाँच सय लिटर दही बिक्री गरेको थियो । उसले प्रतिलिटर एक सय २५ रुपैयाँमा दही बिक्री गरेको हो । फागुनदेखि भदौसम्म दूध उत्पादन कम हुने भएकाले उद्योगीले यो अवधिलाई दूधका लािग सुक्खा याम भन्ने गरेका छन् । यसैगरी भदौदेखि फागुनसम्म बढी परिमाणमा दूध उत्पादन हुन्छ । तिम्लिसिनाका अनुसार टोल टोलमा खुलेका पसलले नै काठमाडौं उपत्यका वरिपरीको दूध खरिद गरिदिने भएकाले ठूला उद्योगले कच्चा दूधको अभाव व्यहोर्न बाध्य छन् । स्वदेशी कच्चा दूधको अभाव भएपछि डीडीसीले दैनिक पटनाबाट २० हजार लिटर दूध आयात गर्दै आएको छ ।

कच्चा दूधको अभाव हुँदा उद्योगीले भारतसहित तेस्रो मुलुकबाट अहिले सुक्खा समयमा डेढ अर्ब रुपैयाँ मूल्य बराबरका पाउडर दूध भित्र्याएर दुग्धजन्य परिकार तयार गर्दै आएका छन् । काठमाडौं डेरीका सञ्चालक तथा डेरी उद्योग संघका पूर्वअध्यक्ष प्रदीप महर्जनका अनुसार उहाँको डेरीबाट दैनिक तीन हजार लिटर बिक्री हुन्छ । तर, असार १५ मा भने १८ लाख मूल्य बराबरको १५ हजार लिटर दही बिक्री भएको छ । सात वर्ष अघिसम्म उहाँको डेरीबाट यो दिनमा ३५ हजार लिटरसम्म दहीको उत्पादन र खपत हुन्थ्यो ।

उहाँ भन्नुहुन्छ,‘जनसंख्या वृद्धिका कारण दहीको बजार फराकिलो भए पनि पछिल्लो समय चोकचोकमा अनुमतिबिना सञ्चालनमा आएका पसलका कारण ठूला उद्योगलाई दूध अभाव भएको छ ।' व्यवसायीको अनौपचारिक आँकडाअनुसार सबैभन्दा बढी भक्तपुरका किसानले तयार पार्ने परम्परागत मीठो दही (जुजु धौधौ) को व्यापार भएको छ । राजभण्डारीका अनुसार भक्तपुरका किसानले मात्रै बिहीबार ७२ लाख मूल्य बराबरको ४० हजार लिटर दही बिक्री गरेका छन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाका अनुसार पहिले उपभोक्ताले दूधको प्याकेट खरिद आफैं दही तयार पार्थे भने अहिले व्यस्त समयका कारण डेरीबाटै तयारी अवस्थाको दही खरिद गर्ने क्रम बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.