काठमाडौं महानगरका जेष्ठ सदस्यलाई घरमै स्वास्थ्य सेवा

काठमाडौं महानगरका जेष्ठ सदस्यलाई घरमै स्वास्थ्य सेवा

काठमाडौँ : काठमाडौं महानगरपालिकाका जेष्ठ सदस्यले अब घरमै स्वास्थ्य सेवा पाउने भएका छन् । ८८ वर्ष उमेर पुगेका महानगरका जेष्ठ नागरिकले घरघरमै स्वास्थ्य सेवा पाउने भएका हुन् । काठमाडौँ महानगरपालिकाले ‘टोलटोलमा जेष्ठ नागरिक, घरघरमा स्वास्थ्य सेवा' अभियान सुरु गर्दै जनताको घरदैलोमा पुगेपछि नगरवासीहरु उत्साहित भएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ८८ वर्ष उमेर पूरा भएका महानगरका जेष्ठ नागरिकलाई लक्षित गरेर महानगरले ‘टोलटोलमा जेष्ठ नागरिक, घरघरमा स्वास्थ्य सेवा' अभियान सुरु गरेको बताउनुभयो । अभियानको सुरुवात गर्दै मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीसहितको टोली महानगरपालिकाकै वडा नं. १ नक्साल क्षेत्रमा बिहीबार पुगेका थिए ।

वृद्ववृद्वाले २० वर्षपछि भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो घरदैलोमै आएर स्वस्थ्य जीवनका लागि सहयोग गर्दा खुसी भएको बताए । मेयर शाक्यले आफू जनप्रतिनिधि भएका नाताले सदैव आफ्नो ध्यान जनप्रतिनिधिको सेवामै समर्पित हुने बताउनुभयो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका जेष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक एवं रोगको निदान गर्ने उद्देश्यले अभियान सुरु गरिएको र प्रभावकारी ढंगले सबै जेष्ठ सदस्यमाझँ पुग्ने उहाँको भनाई थियो ।

‘हामीले आजकै दिनदेखि काठमाडौं महानगरपालिकाकै वडा नं. १ नक्साल क्षेत्रबाट जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवं नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेका छौँ ।'उहाँले भन्नुभयो । ८८ वर्ष उमेर पूरा भएका महानगरमा ५ सय ९६ जना छन् । स्वास्थ्य परीक्षणका क्रममा डाक्टर स्टाफ नर्स, एएनएम (अनमि)र एएचडव्लु (अहेव) १/१ जना रहने महानगरले जानकारी दिएको छ । महानगर भित्रका सबै वडामा अब यस्ता कार्यक्रम लिएर जाने शाक्यले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.