होन्डाको नयाँ डियो स्कुटर बजारमा
काठमाडौं : नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नयाँ डियो स्कुटर बजारमा भित्रयाएको छ । नेपालमा सर्वाधिक बिक्री हुने डियो स्कुटरको २०१७ संस्करणमा नेपाली बजारमा भित्रयाएको हो ।
२०१७ को डियोमा नयाँ एलइडी हेड ल्याम्प, इक्युलाइजर टेक्नोलोजीमा बजारमा उपलब्ध छ । कम्बो बे्रक स्टिममा आधारित यो नायाँ संस्करणको स्कुटरमा बढी माइलेजका लागि होन्डा ईको टेक्नोलोजी(एचईटी) इन्जिन प्रयोग गरिएको छ । स्कुटर नयाँ इन्ट्रुमेन्ट प्यानल र डुअल टोन कलरका साथै स्पोर्टिङ ग्राफिक्स् रहेको छ ।
आजको युवा पिँढीको आवश्यकतालाई ध्यानमा राख्दै डियो २०१७ संस्करणमा अझ उत्कृष्ट रूपमा प्रस्तुत भएको कम्पनीले जनाएको छ । यसमा मोबाइल चार्जिङ सकेट, बीएस-आईभी इमिसन र अटोमेटिक हेडल्याम्प अन सिस्टम छ । यी स्कुटर पहेलो, रातो, नीलो र मेटालिक कलरमा बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।