हिमालयन बैंकद्वारा मन्दिरमा सीसीटीभी क्यामेरा

हिमालयन बैंकद्वारा मन्दिरमा सीसीटीभी क्यामेरा

काठमाडौं ः हिमालयन बैंक लिमिटेडले मैतीदेवी मन्दिर परिसरमा सीसीटीभी क्यामेरा जडान गरेको छ । बैंकले ऐतिहासिक एवं धार्मिक सम्पदाको सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको मैतीदेवी मन्दिर वरिपरिको विभिन्न आठ स्थान उच्च क्षमता युक्त सीसीटीभी क्यामेरा जडान गरेको छ । जडानका साथै सोसम्बन्धी रेकर्डिङ उपकरण एक समारोहबीच हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त रेकर्डिङ उपकरणले उच्च क्षमतामा १८ दिनसम्मको चौबिसै घन्टाको गतिविधिलाई सुरक्षित राख्न सक्नेछ ।

यस अवसरमा बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले सीसीटीभीसम्बन्धी उपकरण मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव दर्शन महतोलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो । समारोहमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, बैंकका सञ्चालक, बैंकका वरिष्ठ पदाधिकारी तथा मैतीदेवी क्षेत्र प्रबन्ध समितिका अन्य पदाधिकारीको समेत उपस्थिति थियो । समारोहमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले सीसीटीभी जडान भएपछि मन्दिर परिसर वरिपरि हुन सक्ने विभिन्न गतिविधि नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।

यसैगरी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बैंकको यसप्रकारको पुरातात्विक सम्पदा संरक्षण कार्य अत्यन्त सराहनीय रहेको बताउनु भयो । यसअघि पनि बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले बैंक तथा व्यक्तिगत एवं पारिवारिक सहयोगमा मैतीदेवी मन्दिरमा तोरण एवं ढलोटका दुई सिंह प्रतिमा स्थापना गरिसकेको जानकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.