उदयपुरका सात वडामा एमाले प्यानल विजयी

उदयपुरका  सात वडामा एमाले प्यानल विजयी

गाईघाट : जिल्लाको आठ स्थानीय तहको मतपरिणाम आइरहँदा वडाध्यक्षमा एमालेले अग्रता लिएको छ । हालसम्म १० वटा वडाको मतगणना सम्पन्न हुँदासम्म एमालेले ७, माओबादी केन्द्रले २ र काँग्रेसले एक वटा वडा जित हात पारेका छन् ।

रौतामाई गाउँपालिका वडानं . १ रुद्रबहादुर कार्की, ३ मा दुर्गाराज खड्का, ५ मा पाण्डव राई, ताप्लि गाउँपालिका वडानं . १ मा गोबिन्द विक्रम सेन, वडा नम्बर २ मा धर्मध्वज राई, ३ मा गंगबहादुर तामाङ, उदयपुरगढी गाउँपालिका वडानं. २ मा इन्द्रबहादुर राउत, कटारी नगरपालिका वडानं १४ मा तेजबहादुर आले मगर प्यानलसहित विजयी हुनुभएको छ ।

रौतामाईमा एमालेका अध्यक्ष गजेन्द्रबहादुर खड्का अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका भुपिन्द्रबहादुर थापाले पछ्याइरहनु भएको छ ।
त्यसैगरी चौदण्डीगढी नगरपालिका वडानं. १ का कांग्रेसका रोहितमान तामाङ विजयी हुनुभएको छ । तर आधिकारिक घोषणा गर्न बाँकी छ । ताप्लि गाउँपालिका वडानं.४ मा माओबादी केन्द्रका चित्रबहादुर मगर, ५ मा फत्तबहादुर ज्युठकुरी विजयी हुनुभएको छ । वडानं ५ को आधिकारिक घोषणा हुन बाँकी छ ।
ताप्ली गाउँपालिकामा एमाले उमेदवार उद्धवसिंह थापा विजयी भएपनि काँग्रेसले मतगणनामा असुन्तुष्टि पोख्दै घोषणा गर्न दिएको छैन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.