क्यान्सरपीडित सुहाना बचाउ अभियान

क्यान्सरपीडित सुहाना बचाउ अभियान

सिमरा :  जीतपुरसिमरा उपमहानगर १५ डुमरवानास्थित रक्तक्यान्सरपीडित डेढ वर्षीया बालिका सुहाना सापकोटालाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी दुई लाख १८ हजार रुपैया हस्तान्तरण गरिएको छ ।

सुहाना बचाउ अभियानका प्रमुख अभियन्ता डा. कृष्ण पौडेलले बालिकाकी हजुरबुवा भरत सापकोटालाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरणपछि बोल्दै सहकारी तथा सामाजिक अभियन्तासमेत रहेका डा. पौडेलले अवोध बालिकाको जीवनरक्षाका लागि आफुहरुले चलाएको सर्वपक्षीय सहयोग संकलन सफल भएको बताउनुभयो ।

भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ रहेकी सुहानाको स्वास्थ्य र परिवारको आर्थिक अवस्थाले यो अभियानमा लाग्न उत्प्रेरित गरेको बताउदै डा. पौडेलले दाताको उत्साहजनक सहयोग रहेको बताउनुभयो ।

सुहानाकी हजुरबुवा भरत सापकोटाले नातिनीको उपचारका लागि अभियन्ताहरुले देखाएको आर्थिक सहयोग संकलनले आफुहरु प्रभावित भएको बताउदै उपचारका लागि आवश्यक रकम समुदायले नै जुटाइदिएकोमा हर्ष प्रकट गर्नुभयो ।

स्थानीयको सहयोगले आफनो छोरीलाई उपचार खर्च जुटाउन सकिने आधार बनेको सुहानाकी बुवा शुदर्शन सापकोटाले बताउनुभयो । अचानक पेट फुलेर उपचार गर्दा गम्भीर देखिएपछि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा पुर्‍याइएको र रक्तक्यान्सर भएको पत्ता लागेको थियो । कान्ति बाल अस्पतालले रिफर गरेपछि थप उपचारका लागि नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा पाँच दिन उपचारपछि अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । नयाँदिल्लीमा उपचार अत्यन्त महंगो भएको आफूसँग उपचार गर्न सम्भव नहुने देखेपछि नेपाल फर्किएको आमा शर्मिला सापकोटाले बताउनुभयो ।

सुहाना बचाउ अभियानको क्रममा हालसम्म विभिन्न तवरबाट करीव चार लाख संकलन भइसकेको छ र उनको उपचारका लागि १५ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । काठमाडौंको कान्ती बालअस्पताल र नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा सघन उपचारपछि हाल सुहानाको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

हातेमालो सहकारीले ३७ हजार

यस्तै सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले ३७ हजार रुपैयाँ सुहानाको उपचारका लागि सहयोेग गर्ने भएको छ । हातेमालो सहकारीका संस्थागत र सञ्चालक तथा कर्मचारीले व्यक्तिगत रुपमा उक्त सहयोग गर्ने भएका हुन् । संस्थाका अध्यक्ष डा. कृष्ण पौडेलले सुहाना बचनाउन सक्दो सहयो गर्ने बताउनभुयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.