बसको ठक्करबाट दुईको मृत्यु

बसको ठक्करबाट दुईको मृत्यु

 दमौलीः तनहुँको म्याग्दे गाउँपालिका १ तल्लो गुणादीस्थित पृथ्वी राजमार्गमा शुक्रबार बसको ठक्करबाट स्कुटरमा सवार दुई किशोरको मृत्यु भएको छ ।
धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ३६९१ नम्बरको यात्रुवाहक बसले दमौलीतर्फ आउँदै गरेका दुई किशोर सवार ग १२ प ६३४९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करका क्रममा घाइते मानुङ धरादीका १६ वर्षका बसन्त थापा र सोही ठाउँका मन्दीप थापाको उपचारका क्रममा दमौली अस्पतालमा दिउँसो निधन भएको थियो । मध्याह्न १२ बजेतिर भएको घटनालगत्तै अवरुद्ध राजमार्ग प्रहरीले दिउँसो साढे १ बजेतिर खुलाएको थियो ।  पृथ्वी राजमार्गको ७२ किलोमिटर भाग ओगटेको तनहुँमा पछिल्लो समय सवारी दुर्घटना भैरहने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.