कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो

कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो

काठमाडौँ, : उपप्रधानमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षाका सम्बन्धमा विशेष चासो व्यक्त गर्नुभएको छ ।

कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री महराले नेपालीको सुरक्षाका बारेमा जानकारी लिनुभयो । आफ्ना नागरिकको सुरक्षाका सन्दर्भमा आफूले दैनिक सूचना लिइरहेको बताउँदै मन्त्री महराले नेपालीको सुरक्षाका विषयमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गर्नुभयो ।

पछिल्लो समय कतारमा देखिएको कूटनीतिक समस्या वार्ता र संवादबाट सुल्झनुपर्नेमा जोड दिँदै उहाँले नेपालले शान्तिपूर्ण तवरबाट समस्याको समाधान होस् भन्ने चाहेको बताउनुभयो। उहाँले आवश्यक परेमा नेपालले पनि शान्तिपूर्ण समाधानका लागि पहल गरिदिने विश्वास दिलाउनुभयो ।

मन्त्री महराले कतारका व्यवसायीले अन्य अरब मुलुकमा सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीका सन्दर्भमा चासो व्यक्त गर्दै त्यसतर्फ कतारी सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

जवाफमा कतारका राजदूत हमरले कतार र अरब राष्ट्रमा कतारका व्यवसायीले सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीको सुरक्षामा आफ्नो सरकारले पूर्ण ध्यान दिने विश्वास दिलाउनुभयो । उहाँले अरब मुलुकमा देखिएको कूटनीतिक समस्याका कारण नेपालीको सुरक्षामा कुनै समस्या नभएको स्पष्ट गर्दै आगामी दिनमा दुई देशबीच रहिआएको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
कतारमा विश्वकप फुटबलको तयारी लगभग पूरा
गृहमन्त्री जनार्दन शर्माले नेपालका लागि कतारका राजदूत हमरसँग आज भएको भेटमा कतारको विकासमा नेपाली नागरिकको श्रम तथा सीपको लगानी भएको र उसको समृद्धिमा नेपाल सन्तुष्ट भएको बताउनुभएको छ ।
गृह मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा मन्त्री शर्माले दुवै राष्ट्रबीच आपसी सहयोग आदानप्रदान गर्न आवश्यक रहेको बताउँदै सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपको सफलताको शुभकामना दिनुभयो ।
यसैगरी कतारी राजदूतले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन व्यवस्थित तथा शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन सफल भएकामा गृहमन्त्री शर्मालाई बधाई दिनुभयो।राजदूत हमरले कतारमा हुन लागेको विश्वकप फुटबलको तयारी लगभग पूरा भएको जानकारी गराउँदै नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच परराष्ट्रमन्त्री महरासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव अम्जद हुसेनले आज नै शिष्टाचार भेटवार्ता गर्नुभयो । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच सार्कलाई क्रियाशील बनाउने सन्दर्भमा भएका निर्णयलाई द्रुत तवरले अगाडि बढाउने विषयमा छलफल भयो । सो अवसरमा मन्त्री महराले सार्कको मन्त्रिस्तरीय बैठक अगाडि बढाउन पहल गरिने बताउनुभयो ।

उहाँले सार्क शिखर सम्मेलनका लागि उपयुक्त वातावरण बनाउन नेपालले पहल गर्ने तथा सदस्य राष्ट्रबीच निरन्तर रुपमा द्विपक्षीय एवम् बहुपक्षीय छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।

सो अवसरमा महासचिव हुसेनले सार्कलाई चलायमान गराउन सदस्य राष्ट्रले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । रासस

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.