मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो शुक्रबार साँझ भएको भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा कुराकानी भएको छ।

भेटमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच सत्ता समीकरण र सरकारका कामबारे समेत छलफल भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ।

शुक्रबारको छलफलमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच थप गृहकार्य गरेर छिटै मन्त्रिपरिषद् विस्तार गर्ने र सरकार सञ्चालन एवम् दुई पार्टीबीचको गठबन्धन सम्बन्धलाई थप बलियो बनाउने बारेमा कुराकानी भएको छ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच पहिलोचोटी बालुवाटारमा छलफल भएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.