धाँधली भएको भन्दै धनगढीमा मतगणना रोकियो
धनगढी: धनगढी उपमहानगरपालिकाको मतगणनामा धाँधली भएको भन्दै एमाले र स्वतन्त्र उम्मेदवार गोपाल हमाल समर्थित कार्यकर्ताहरुले विरोध जनाएपछि शुक्रबार अबेर राति मतगणना स्थगित भएको छ ।
एमाले र स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई सुरुमा भनिएको भन्दा कम मतमा हस्ताक्षर गर्न लगाएको भन्दै उनीहरुले विरोध गरेपछि गणना स्थगित भएको हो ।
धनगढीमा १४८८ मतका साथ कांग्रेसका नृप बडले अग्रता लिइरहेका छन् स्वतन्त्र उम्मेदवार हमालले कम मत अन्तरसाथ उनलाई पछ्याइरहेका छन् । एमालेका उम्मेदवार तेस्रो स्थानमा छन् ।