विराटनगर महानगरसहित मोरङका ११ स्थानीय तहमा कांग्रेसको अग्रता

विराटनगर महानगरसहित मोरङका ११ स्थानीय तहमा कांग्रेसको अग्रता

विराटनगर : मोरङमा जारी मतणनाको परिणा अनुसार नेपाली कांग्रेसले अधिकांश स्थानीय तहमा अग्रता लिएको छ।

१७ स्थानीय तहमध्ये ११ स्थानमा काग्रेसले अग्रतालिएको हो। उसले विराटनगर महानगरपालिका सहित सातवटा नगरपालिका र चार गाउँपालिकामा अग्रता लिएको छ। दुई–दुई नगरपालिका र गाउँपालिकामा अग्रता लिई रहेको छ। एमालेले लेटाङ र पथरी शनिश्चरे नगरपालिका तथा बुढीगंगा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा अग्रता लिएको छ। नेपाल लोकतान्त्रिक फोरमले गा्रमथान गाउँपालिकामा अग्रता कायम गरेको छ।

विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ। आदर्श विद्यालयमा वडा नम्बर १, २, ३, ४, १६, १७ र १८ नम्बरको वडाको मत गणना भइरहेको छ। मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले भन्नुभयो, ‘हामीले मत गणनालाई गतिदिएर निर्वाचन आयोगले दिएको समय सिमामै परिणाम सार्वजनिक गर्न प्रयासरत छौं।’ विराटनगरमा अहिलेसम्म २ हजार मत गणना भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.