चट्टानी भीरमा नेपाली सेना

चट्टानी भीरमा नेपाली सेना

चट्टानै चट्टानले बनेका भीमकाय पहाडलाई फोरेर बनाउनु छ सडक । त्यो पनि निर्धारित समयभित्रै । सयौं मिटर तल बेगले बगिरहेको गहिरो नदी छ, माथि टोपी खस्ने भीर । त्यो बीचबाट दुई लेनको सडक (नौ मिटर) को ट्र्याक खोल्नुपर्ने चुनौती छ ।काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्वको सडक खोल्ने यही चुनौती स्वीकारेको छ- नेपाली सेनाले ।

Gopi-kr-Dhungana_2रसुवा जिल्लाको मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर चट्टानी पहाड फोरेर सरर गाडी दौडिने बाटो बनाउने चुनौती छिचोल्न अब लगभग एक किलोमिटर मात्रै बाँकी छ । सेनाले सात किलोमिटर डबल लेन, आठ किलोमिटर सिंगल लेन खोलिसकेको छ । बाँकी एक किलोमिटर लेन यही असारसम्म सक्ने लक्ष्य लिएको सेनाले आठ किलोमिटर सिंगल लेनलाई पनि चार महिनाभित्रै डबल लेन बनाइसक्नेछ ।

मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्र्याक खोल्नेबित्तिकै सडक विभागले यसलाई नौ मिटर चौडाइको कालोपत्रे गर्नेछ । निर्माणाधीन सडक ‘पासाङ ल्यामु राजमार्ग बेत्रावती-धुन्चे-स्याफ्रुबेसी’ को वैकल्पिक मार्ग हुनेछ । यो नयाँ सडक खुलेपछि काठमाडौंबाट चीनको केरुङ पुग्न सरदर चार घन्टामात्रै लाग्नेछ । स्याफ्रुबेसीदेखि १४ किलोमिटरमा रसुवागढी पुगिन्छ भने रसुवागढीदेखि २६ किलोमिटरको दूरीमा केरुङ पुगिन्छ।

गल्छी-बेत्रावती-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी जोड्ने उक्त सडक हुँदै काठमाडौंबाट चीनको केरुङ करिब चार घन्टामै पुगिने भएको हो । चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने तयारी गरेको छ । यो ट्र्याक खुलेपछि बन्ने बाटोको त्रिदेशीय महत्व पनि हुनेछ । चीनदेखि नेपाल हुँदै भारत (वीरगन्जछेउको ठोरी) पुग्ने यो सडक सबैभन्दा छोटो हुनेछ । सेनाले खनिरहेको उक्त खण्डमा एउटा पनि घुम्ती सडक हुने छैन ।

nepali_army

चट्टानी पहाड फोर्नु चानचुने कुरो होइन । विगतमा विस्फोटक पदार्थ र इन्धन अभावले थप चुनौती सामना गरेको नेपाली सेनालाई हाल यी दुवैको समस्या छैन । सेनाले कतै ब्लास्ट गरेर चट्टान फोरिरहेको छ त कतै रक ड्रिलर मेसिनको प्रयोग गरिरहेको छ ।

bhir_1

उक्त वैकल्पिक मार्ग निर्माण सम्पन्न भएपछि गल्छीदेखि नाका रहेको स्थान रसुवागढीको लम्बाइ जम्मा ८४ किलोमिटर हुनेछ । स्थलगत निरीक्षणमा सांसदको टोली लिएर पुगेका संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले मैलुङ स्याफ्रुबेसी सडकले उत्तर-दक्षिण जोड्ने ‘लाइफ लाइन’ का रूपमा त्रिदेशीय विकासको भूमिका खेल्ने बताए । उक्त सडकलाई उच्च रणनैतिक सडकका रूपमा लिइएकाले रसुवागढीलाई दोस्रो अन्तर्राष्ट्रिय ठूलो नाका बनाउन सहज हुनेछ ।

vir

नेपाल र चीन सरकारबीच रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर सडकलाई नौ मिटर चौडाइको डबल लेन सडक कालोपत्रे गर्ने सम्झौता भइसकेको छ । केरुङबाट दुई लेनको पिच रसुवागढी ल्याइसकेको चीन सरकारले गढीबाट स्याफ्रुबेसीसम्म पनि चाँडै कालोपत्रे गर्ने भएको हो । चीन सरकारले सिगात्सेबाट पाँच सय किलोमिटर दूरीमा रहेको केरुङसम्म सन् २०२० सम्ममा रेल ल्याइसक्ने जनाएको छ । त्यसपछि सेनाले खोलिरहेको हालको ट्र्याकपछि बन्ने बाटोले चीनबाट उत्पादित सबै सामग्री नेपाल ल्याउन सबैभन्दा सजिलो र छिटो नाका हुनेछ ।

bhir

ट्र्याक खोल्न सेनाले हाल पाँच फरक ठाउँमा क्याम्प राखी युद्धस्तरमा काम गरिरहेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख जर्नेल उद्धव विष्टका अनुसार, यसका लागि नौवटा एक्साभेटर, १८ वटा कम्प्रेसर मेसिन, ५० वटा रक ड्रिलिङ मेसिन, त्यही अनुपातमा विस्फोटक पदार्थ, तीन सय सेना र पाँच सय सिभिल लेबरले दुई वर्षदेखि निरन्तर काम गरिरहेका छन् ।

army_


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.