आफैले बोकेको हतियारबाट प्रहरी निरीक्षकले गरे आत्महत्या

आफैले बोकेको हतियारबाट प्रहरी निरीक्षकले गरे आत्महत्या

लहान : जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैले बोकेको हतियारबाट आत्महत्या गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबद्र्धन खत्रीले गएराति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले जानकारी दिनुभयो।

उदयुपुरको त्रियुगा नगरपालिका–११ जलजले घर भएका प्रहरी सहायक निरीक्षक खत्रीले के कति कारणले आत्महत्या गरेको खुल्न नसकेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो।

मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.