अन्‍नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन भव्य उद्घाटन

अन्‍नपूर्ण  पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन भव्य उद्घाटन

काठमाडौं : ‘अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता’ को चौथो संस्करण शनिबारदेखि काठमाडौंमा सुरु भएको छ।  प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा विशेष समारोहका बीच उद्घाटन भएको छ। तेस्रो संस्करणसम्म राष्ट्रिय स्तरमा सञ्चालित अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनले यसपटकदेखि अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गरेको हो।

शनिबार हलचोकमा आयोजित विशेष समारोहका बीच प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव एवम् कार्यक्रमका प्रमुख अतिथि केशवकुमार विष्टले उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, ब्याटमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, अन्नपूर्ण मिडिया ग्रुपका निर्देशक सञ्चन थापा, अन्नपूर्ण पोस्ट्का सिइओ सञ्जय बस्नेत, अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक युवराज घिमिरे, मानव संशाधन विभागका प्रमुख सुदमकुमार सिजापति, एपीवान एचडी टेलिभिजनका म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।

प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको छ। संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले चौथो संस्करण विगतको तुलनामा अझ भव्य रूपमा सम्पन्न हुने धारणा व्यक्त गर्नुभयो। प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघले प्राविधिक सहयोग गरेको छ। प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटानका ३२४ खेलाडीको सहभागिता रहनेछ।

अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको यो प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेललाई माथि उठान मद्दत पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरे।

प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटान गरी पाँच राष्ट्रका स्तरीय खेलाडीको सहभागिता रहनेछ। प्रतियोगिता अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको हो।

असार २१ गतेसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी अन्नपूर्ण मिडिया नेटवर्कका ब्रान्ड म्यानेजर श्याम मालीले दिए। प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला, पुरुष डबल्स खुला, कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स गरी ६ वटा स्पर्धा समावेश गरिएको छ।

प्रतियोगितामा वरीयता प्राप्त चर्चित राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन्। कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ।

प्रत्येक विधाको विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुनको पदक प्रदान गरिनेछ। अन्नपूर्ण पोस्ट्को आयोजनामा यसअघि धनगढी, नेपालगन्ज, बुटवल, पोखरा र इटहरीमा खेलाडी छनोट प्रतियोगिता भएको थियो।तस्बिरः रजेन्द्र केसी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.