कञ्चनपुरको लालझाडी गाउँपालिका निर्वाचित पदाधिकारीले सपथ लिए

कञ्चनपुरको लालझाडी गाउँपालिका निर्वाचित पदाधिकारीले सपथ लिए

महेन्द्रनगर : कञ्चनपुरको लालझाडी गाउँपालिकामा निर्वाचित भएका पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन्। शनिबार गाउँपालिकामा निर्वाचित भएका पदाधिकारीले निर्वाचन अधिकृतबाट सपथ लिएका हुन्।

शुक्रबार मध्यरातमा सम्पन्न भएको मतगणनाबाट उनीहरु निर्वाचित भएका हुन्। लालझाडी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित हुनुभएका मदनसेन बडायक र उपाध्यक्षमा निर्वाचित सत्यदेवी महरासहित निर्वाचित भएका वडा अध्यक्ष र सदस्यहरुले सपथ लिएका हुन्।

निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षलाई निर्वाचन अधिकृत हरिकृष्ण अवस्थीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो। वडा सदस्यमा निर्वाचित भएका सदस्यहरुलाई भने नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले सपथ गराउनुभएको हो। शनिबार सार्वजनिक विदा परेकाले पदभार ग्रहण भने गरेनन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार मदनसेन बडायक २ हजार ५ सय ९ मत प्राप्त गर्दै बडायक गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार निर्मल रानाले २ हजार ३ सय ६४ मत प्राप्त गर्नुभयो। यस्तै नेकपा माओवादी केन्द्रकै उम्मेदवार सत्यदेवी महरा उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा निर्वाचित सत्यदेवी महराले २ हजार ३ सय ४५ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिद्वन्दी एमालेका सरिता चौधरीले २ हजार २ सय २१ मत प्राप्त गर्नुभयो।

६ वटा वडा रहेको लालझाडी गाउँपालिकामा ३ वडामा नेपाली काँग्रेस र ३ वडाामा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा नम्बर ४ र ६ मा माओवादी केन्द्र प्यानल सहित विजयी भएको हो। यस्तै वडा नम्बर २ र ५ मा नेपाली काँग्रेस प्यानल सहित विजयी भएको हो।

वडा नम्बर १ र ३ मा भने मिश्रित रुपमा परिणाम आएको हो। एमालेले भने वडा नम्बर ३ मा दलित महिला सदस्य, वडा सदस्य २ गरेर तीनवटा सदस्य मात्रै जितेको छ। लालझाडी गाउँपालिका १ मा नेपाली काँग्रेसका छेमानन्द राना, २ मा काँग्रेसकै हेमराज राना, ३ मा नेकपा माओवादी केन्द्रका टीकाराम चौधरी, ४ मा माओवादी केन्द्रकै बहादुर राना, ५ नेपाली काँग्रेसका नन्दराज अवस्थी र ६ मा नेकपा माओवादी केन्द्रका फुलाराम चौधरी निर्वाचित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.