कांग्रेस नेता कृष्ण सिटौलाको गृहनगरमा एमालेको अग्रता

कांग्रेस नेता कृष्ण सिटौलाको गृहनगरमा एमालेको अग्रता

झापा : कांग्रेस नेता एवम् पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाको गृहनगर झापाको भद्रपुर नगरपालिकामा एमालेले अग्रता लिएको छ । हालसम्म ७ हजार ८ सय ८९ मत गणना हुँदा एमालेले अग्रता लिएको हो ।

एमालेका मेयरका उम्मेद्वार जीवन श्रेष्ठले २८ सय ४२ मत ल्याउनु भएको छ भने उपमेयरका उम्मेद्वार चन्द्र श्रेष्ठले २९ सय ६६ मत ल्याउनु भएको छ।

कांग्रेसका मेयरका उम्मेद्वार गणेश पोखरेलले १९ सय ३६ मत ल्याउनु भएको छ भने उपमेयरका उम्मेद्वार तारा भूर्तेलले १७ सय ९७ मत ल्याएकी छिन् ।

माओवादी केन्द्रका मेयरका उम्मेद्वार शिवकुमार राजभण्डारीले १८ सय ११ मत ल्याउनु भएको छ भने उपमेयरका उम्मेद्वार कुमारी स्वर्णिका सिंहले १४ सय ३७ मत ल्याउनु भएको छ ।

राप्रपाका मेयरका उम्मेद्वार नवराज पनेरुले ११ सय ६० मत ल्याउनु भएको छ भने उपमेयरका उम्मेद्वार राधा कार्कीले १२ सय ६७ मत ल्याउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.