आर्थिक विकासका लागि सहकारी मोडल अपरिहार्य

आर्थिक विकासका लागि सहकारी मोडल अपरिहार्य

काठमाडौं : अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कहालीलाग्दो व्यापार घाटा कम गर्नका लागि सरकार, निजि र सहकारीले मिलेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी संघ लि नेपालले ९५ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले सहकारी मोडेलमार्फत दिगो विकासका लागि सरकारले सहकार्य गर्ने बताउनुभयो ।

प्रत्येक बर्षको जुलाइको पहिलो शनिवारलाई विश्वभरिका सहकारीकर्मीले अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको हो । सहकारीको सुनिश्चिताःकोहि पछाडी छुट्दैनन भन्ने नाराका साथ ९५ औं अन्तराष्ट्रिय सहकारी दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री कार्कीले मुलुक निर्माणमा सहकारीको भूमिका अपरिहार्य रहेको बताउनुभयो । ‘मुलुकको विद्यमान व्यापार घाटा कम गर्नुपर्ने चुनौती छ । त्यसका लागि सरकार र निजि क्षेत्रले मात्र पुरा गर्न नसक्ने भएकाले समुदायसँग जोडिएको सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएर नै संविधानले नै तीन खम्बे अर्थनीतिलाई स्वीकार गरेको हो,' कार्कीले भन्नुभयो, ‘नयाँ सहकारी ऐन तीन खम्बे अर्थनीतिलाई मूर्त रुप दिनेगरी आउने मलाई विश्वास छ ।'

सहकारी ऐनमार्फत सहकारी व्यवसायलाई अझ अगाडी बढाउन सहयोग पुग्ने उहाँको भनाई थियो । उहाँले सहकारी क्षेत्र उत्पादनशील, पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा समेत क्रियासिल हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन सम्पन्नसंगै देशमा विकासको लहर आउने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रिय सहकारी संघ लि. नेपालका अध्यक्ष केशव बडालले नेपालको सहकारी अभियानको वर्तमान अवस्थाबारे चर्चा गर्नुभएको थियो । संविधानको गतिशिलताको आधारमा सहकारी ऐन जारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीले काँध थाप्नुपर्ने भएकाले गलत गर्ने सहकारीलाई संघले संरक्षण गर्दैन । यसमा सबै निश्चिन्त भए हुन्छ ।' उहाँले भन्नुभयो ।

राष्ट्रिय योगजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले राज्यले सहकारीलाई धेरै महत्व दिएको भए पनि सहकारी अभियानले प्रतिफलमा पुर्नविचार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सहकारी उत्पादन मुल्य शृखलामा जोडिनुपर्नेमा जोड दिदै उहाले भन्नुभयो, ‘नविनतालाई सहकारीले आत्मसाथ गर्दै समय अनुसार परिवर्तन हुनुपर्ने देख्छु ।'

उत्कृष्ट सहकारी संघ/संस्था पुरस्कृत

राष्ट्रिय सहकारी संघले ९५ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा देशभरिको एक उत्कृष्ट सहकारी संघ र ७ वटा उत्कृष्ट सहकारी व्यवसाय संस्थालाई पुरस्कार प्रदान गरेको छ । उत्कृष्ट सहकारी पुरस्कारबाट ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ पुरस्कृत भएको हो । त्यसैगरी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट झापको महारानी झोडासाना किसान कृषि सहकारी संस्था, सर्लाहीको सगुन साकोस, चितवनको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था, नवलपरासीको नवप्रगति साकोस, रुपन्देहीको प्रगतिशिल महिला विकास बहुउद्देश्यीय सहकारी, दैलेखको गोठपाँडा कृषक सहकारी र दार्चुलाको श्री केदारनाथ साको पुरस्कोत भएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.