पेज नम्बर ३५
उफ् !
हातमा पेज नम्बर ३५ परेदेखि हृदय हल्लिएको छ। चेतना चल्न छोडेको छ। बद्धि बिलाएको छ। छ त केवल मनको तानाशाही र एकतन्त्रीय शासन।
मनमा रहस्यको रह बनेर बसेको छ यो पाना।
सरसर्ती हेर्दा सेतो काजगमा काला अक्षर छन्। गहिरिएर हेर्दा रङ–रङका लाग्छन् अक्षर। शब्द बहअर्थी। वाक्यका नशा त जति पढ्यो उति चढ्छ। शब्द सजीव हन्छन् कि निर्जीव कहिल्यै हेक्का गरिएन। ईष्र्या, अहंकार, शंका, माया र सनसनी पैदा गर्ने शब्दलाई कसरी निर्जीव मान्न खै ! फेरि यिनले सधैं एउटै प्रभाव पनि दिँदैनन्। के होला यस्तो अचम्म !
पेज त एकैछिनमा पढेर सकिन्छ। तर, मनको आवेग मध्यान्तरतिरको फिल्मी दृश्यजस्तो छ। अगाडि के भयो र पछाडि के होला ? कौतहलमात्रै जन्माउने।
कहिले त लाग्छ, कन दशाले यो पाना हात पार्न पगेछ।
...
पेज नम्बर ३५ पढेपछि कौतहलको कहिरोले ढाकिएर म अद्वैताकहाँ पगेको थिएँ। अपेक्षा थियो उसले क्रमशः पेज ३४, ३३, ३२ पल्टाउँदै जान्छे र मेरा दृष्टि कहिरो हटेर स्पष्ट भएको कागको जस्तो हन्छ। अझै जान्न चाहन्थेँ– मैले राम्ररी पढ्न नसकेका ती को–को परषहरू हन् ? तीसँग उसका कस्ता सम्बन्धहरू भए ? अहिले ऊ किन एक्ली छ ? के पेज नम्बर ३५ उसको वर्तमानको चित्रण हो ?
तर, त्यसो भएन।
‘तिमीले किन पढ्यौ यो ? ’ प्रसंग उप्काउन नपाउँदै उसले हप्काएकी थिइ।
‘किन दियौ त ? ’
‘मैले किताब दिएकी हँ।’
‘मैले पनि यही किताबको पत्रबाटै झिकेर पढेको हँ।’
यो सवाल जवाफपछि ऊ केही बोलेकी थिइनँ। अध्यात्म र दर्शनको गहिराइमा चर्लम्म डबेकी यवतीसाम म सारै सांसारी भएर प्रस्तत भएको थिएँ कि ! तर, मलाई अलिअलि पल्पल्याएकी त उसैले हो।
एकपटक करै–करामा भनेकी थिई, ‘म यादको बन्धनमा अल्झिन चाहन्नँ। नारायणीको पानीजस्तै निर्वाध बग्न रचाउँछ।’ मैले पनि ठट्यौलो पारामा भनेको थिएँ, ‘म त्यो नदीमा डबल्की मारी त्यसको गहिराइ नाप्न चाहन्छ।’
उसले इन्कार गरेकी थिई, ‘म यति पवित्र रहन चाहन्छ कि कसैको मैलो नपरोस्।’ म पनि तार्किक बन्न खोजेको थिएँ, ‘मान्छे डबल्की मार्न नै नदी पवित्र रहेको प्रमाण हो।’
यो सवाल–जवाफमा हारेजस्तो गर्दै उसले रेस्टरेन्टको भित्तातिर देखाएकी थिई जहाँ डब्न लागेको सूर्य र उदाउन लागेको चन्द्रमाको चित्र थियो। खै यस्तो क्षणिक मिलनका विम्ब उसले किन देखाएकी थिई ! जेहोस्, करालाई त्रिशूलीजस्तो नागबेली बनाएर भए पनि जितेरै छाड्ने केटी त्यो दिन हारी।
‘तिमीले हार्यौ, अब मैले भनेको मान्नपर्छ’ मैले भनेँ।
‘के गरौं ? ’ उसले सोधी।
सनेको थिएँ तर सनेको थिइनँ। जान्न मन लाग्यो र फर्माइस गरेँ, ‘एउटा गीत गाउ।’
चपचाप आज्ञाकारी बालिका जसरी ऊ गञ्जिई।
‘जिन्दगी बगेको पानी जस्तै हो..’
ऊ आँखा चिम्लेर गाउँदै थिई, गीतको भाव र आफ्नो भंगीमा एकरूपमा ल्याउँदै। म भने कहाँबाट बगेर ऊकहाँ आइपगेँ, कहाँ पगेपछि भंगालो सर हने हो भन्ने तर्कनामा मस्त थिएँ।
साँच्चै, आफ्नो यगको अनौठो यवती हो अद्वैता। एउटै बाटो हिँडे पनि उसका गन्तव्य अज्ञात हन्थ्यो। म यात्रा गर्न चाहन्थेँ, ऊ लक्ष्यको करा गर्थी। म फूलको सगन्ध चर्चा गर्थें ऊ झरेका पातहरू देखाउँथी। म उसको यौवनको प्रशंसा गर्थे उ शीतका थोपाहरू हेर्थी।
‘अब के मन छ ? ’ उसको गीतमा डबेको मेरो भावनालाई खल्बल्याउँदै उसले प्रश्न गरी। ‘नाचेको हेर्न।’
‘त्यो त नाइँ,’ उसले लाज मानेजस्तो गरी।
नृत्यजति सशक्त र जीवन्त कला अरू हनै सक्दैन भन्दै एकदिन उसले लामो ‘प्रवचन’ दिएकी थिई। उसको मान्यता थियो कलाको सबैभन्दा अब्बल विधा नृत्य नै हो, यसमा छक्का पञ्जा चल्दैन। न कसैले तान्न मिल्छ, न कसैले घचेटिदिन।
मलाई राम्ररी थाहा छ, तिमी मप्रति, मेरा विगतप्रति, मेरा सम्बन्ध र सहवासहरू प्रति कौतहलले भरिएका छौ। तिमी विश्वासिला छौ र शंकाल पनि। आफ्ना कौतहललाई तिमीले मउपर वर्षायौ तर त्यो वर्षाले मेरा भावना बगाएन।
‘न्यज रममा जस्तो सम्पादकको रन्दा चल्दैन नृत्यमा। जस्तो नाच्यो त्यस्तै देख्छन् दर्शकले,’ उसले मलाई व्यंग्य गरेकी थिई। ऊ स्वयं उच्चकोटीको लेखक हो तैपनि भन्थी, ‘म सबैभन्दा राम्ररी अभिव्यक्त हन सक्ने नृत्यमा मात्रै हो।’
मैले देखेको थिइनँ, हेर्ने रहर थियो। त्यसैले ढिपी गरेँ।
‘यहाँ अप्ठ्यारो लागे स्काइपबाट देखाउन न त।’
‘अहँ हँदैन। फेरि तिमीले रेकर्ड गरेर अपलोड गरिदियौ भने ? बर एकदिन घरलाई नै नाचघर बनाउँला नि।’
छट्ने बेला व्यागबाट ‘कैवल्य दर्शनम्’ निकाल्दै भनेकी थिई, ‘यो परमहंश योगानन्दको पनि गर यक्तेश्वरले लेख्न भएको हो। पढ, गजबको छ।’
परमहंश योगानन्दको चर्चा गरेपछि सम्झिएँ उसलाई पहिलोपटक भेटेको दिन।
त्यो दिन उसले बिरालो च्यापेकी थिइ। च्यापेको के भन्न, छातीको बीचमा सताएकी थिइ। उसको पष्ट कदमा त्यो सानो बिरालो बिलाएको थियो। बेलाबेला पच्छर हल्लाउँथ्यो र मात्र, नभए उसले छातीको बीचमा के लकाएकी छे पत्तै हँदैनथ्यो। त्यसरी बिरालो बोकेर ‘क्याटवाक’ गर्ने यवतीको चाला अनौठो मानिरहेका थिए सबैले।
भृकटीमण्डपमा पस्तक प्रदर्शनी चलेको थियो। बिरालो च्यापेकी ती यवती प्रदर्शनीभित्र छिरी। उसका आँखा परमहंश योगानन्दको पस्तक ‘अटोबायोग्राफी अफ अ योगी’मा थियो। अरूका आँखा उसको आवरणमा। म भने उसले के हेरिरहेकी छे र अरूले उसलाई कसरी हेरिरहेका छन् भन्नेमा आधा–आधा थिएँ। त्यहाँ ऊ अनौठो थिई। उसलाई आकर्षित गर्ने पस्तक पनि अनौठो लाग्यो।
मैले त्यही अनौठो ‘क्यारेक्टर’लाई समावेश गरेर पस्तक प्रदर्शनीको समाचार बनाउने योजना बनेँ। ‘तपाईंले छानेको पस्तकबारे केही करा गरौं ? ’ परिचित जस्तो गरी सम्बोधन गरे पनि मेरो धड्कन बढेको थियो।
‘स्योर’ मन्टो मतिर घमाएर हाँस्न खोज्दै उसले भनेकी थिइ।
मैले आफ्नो परिचय र योजना बताउँदै यो उमेरमै उसले योगीको आत्मकथा छान्नमा आश्चर्य प्रकट गरेको थिएँ। उसले उमेर र अध्ययनको तारतम्य सबैका हकमा लागू नहने जवाफ फर्काएकी थिई।
‘मलाई कसैले कतैबाट बटली किताबमार्फत पेस गरेको जानकारीभन्दा अनभव पढ्न मन लाग्छ। अझ आफ्नो पहँच नपग्ने विषयमा। एउटा इन्लाइटेन्ड व्यक्तिलाई पढ्न र अरू साधारण लेखकलाई पढ्नको फरक बझ्न तपाईंलाई पनि म सिफारिस गर्छ,’ भन्दै उसले पस्तक थमाएकी थिई।
‘आध्यात्मिक विषयमा मलाई रचि त छ तर जानकारी छैन। पढ्दा बझिएन भने कसलाई सोध्न ? ’ ठानेको थिएँ फोन नम्बर दिन्छे। तर, उसले ज्ञान पो दिई।
‘मैले भने नि यस्ता सम्बोधिप्राप्त महापरषहरूले लेखेको करालाई साधारण मान्छेले यही हो भनेर अथ्र्याउनै सक्दैन। यदि त्यसो गरिहाल्यो भने पनि सही होला भन्न सकिँदैन।’
उसका आँखाभन्दा गहिरा करा सनेर म अल्मलिएको थिएँ।
केही दिनपछि त्यो पस्तकको समीक्षा छापियो। पस्तक समीक्षक अद्वैता शर्मा त उही पो रहिछ। जो योगीलाई पढ्छे, वैंशाल शरीरकी धनी छे, बिरालोलाई अँगालोमा बेर्छे, चेतनाको गहिरो तहमा पगेर लेख लेख्छे।
पत्रकारलाई एउटा सविधा छ। चाहेको मान्छेलाई भेट्ने र चाहेको विषयमा वार्ता गर्ने।
‘म तपाईंसँग पस्तकका बारेमा गफ गर्न चाहन्छ !’ केही दिनपछि फोन गर्दा उसले जवाफ फर्काएकी थिई, ‘गफ गर्न त मलाई मन लाग्दैन। सत्संग गर्ने भए स्वागत छ।’
उसले शब्द सम्पादन गरिदिए पनि मलाई झोक चलेन। त्यो अन्तर्वार्तापछि हाम्रो चिनारी बढेको थियो।
‘सामान्यतयाः गण हेरेर, गणबाट प्रभावित भएर मानिसले प्रेम गर्छ। तर, देखिएको गण पछि नदेखिन सक्छ, हराउन सक्छ, गणी आफैंले त्यो गण छाडिदिन सक्छ। जसमा प्रेम गरिन्छ, उसमा गणको खोजी नगर्न र जसले प्रेम गर्ने हो, उसले आफूमा कनै प्रकारको कामना नराख्न नै प्रेमको आदर्श र मर्यादा हो।’
अद्वैताले यसरी मेरै लेखको पंक्ति कपी गर्दै मलाई नै पठाएको म्यासेज देखेर एकाबिहानै खसी थिएँ। खसीको मात्रा त्यतिबेला अझै बढेको थियो जब अन्तिममा ‘सच अ नाइस’ लेखिएको थियो। अझ कफी खाँदै यस विषयलाई थप केलाउने निमन्त्रणा देखेपछि त भइँमा खट्टा थिएन।
म ठीक समयमा निर्धारित स्थानमा पगेको थिएँ, जहाँ मस्कानको बिस्कन फिँजाउँदै अद्वैता आइपगेकी थिई। अग्लो र पष्ट शरीर, दाहिने कममा ब्याग, देब्रेहातले छातीको बीचमा बिरालो च्याप्दै। भर्खर ध्यानबाट जागेको योगीका जस्ता थिए उसको तेज।
‘प्रेमका बारे जस्ता पंक्ति लेख्नभयो त्यो तपाईंको जानकारी हो कि अनभव ? ’
प्रश्न गर्ने पेसामा आबद्ध भए पनि उत्तरमा मेरो दक्खल थिएन। फेरि यस्तो गम्भीर प्रश्नको बद्धिले जावाफ दिने कि मनले म अल्मलिएँ।
राम्रा आँखा उसका देखिने गण। विद्या र बद्धिमा पनि अब्बल छे। अब त्यही गणलाई स्वार्थमा उपयोगी कसरी भन्न ? मैले उसको प्रश्नलाई न्याय गर्न सकिनँ।
अप्ठ्यारो प्रश्न गरे पनि त्यही दिनदेखि मलाई ऊ सजिली लाग्न थाल्यो। प्रेम र सम्बन्धहरूलाई हेर्ने उदार दृष्टिकोण थियो उसको। आम यवतीहरूसँग जस्तो बोल्दा र व्यवहार गर्दा धेरै औपचारिक हन नपर्ने।
हामी आमने–सामने बसेका थियौं। टेबलको कनामा थियो उसको बिरालो। लामो समय गफिँदा पनि अद्वैताको बिरालोले बाधा पारेन। ‘साथी नपाएर हो बिरालो बोकेको ? ’ मखबाट फत्किएपछि लागेको थियो ऊ रिसाउली। तर, सामान्य स्थितिमै रहेर जवाफ फकाई, ‘कोही अरूका कारण रमाउँछन्। कोही अरूलाई रमाइलो गराउन कर्तव्य सम्झन्छन्। मलाई एक्लै रमाइलो लाग्छ।’
फ्याट्ट थपेँ, ‘तर, यी समयअनसार बदलिने मान्यता हन्।’
‘किन, कहिल्यै नबदलिने चट्टानजस्तो हन सक्दैन मेरो मान्यता ? ’
‘कसले भन्यो चट्टान बदलिँदैन ? फरक के हो भने नौनी पग्लिएको जस्तो छिट्टै चाल पाउन सकिन्न। निकै धैर्य चाहिन्छ,’ केहीबेर सोचेर यति बोलेपछि उसको र मेरो ‘दोहोरी’ अन्तै मोडियो।
मलाई चट्टान पग्लियोस् कि नपग्लियोस्, पग्लिएर शिलाजित बनोस् कि अरू थोक मतलव थिएन। उसलाई पगाल्ने भूत चढेको थियो।
‘दूधको साक्षी बिरालो भन्छन्। अलि होस गरेर च्याप है,’ भन्दा चाहिँ उसले आँखा तरेकी थिई। र, त्यही दिनदेखि बिरालो बोक्न छोडेकी थिई।
जेठको गर्मीले हपहप भए पनि शिरीश फलेर नीलाम्मे दरबारमार्गमा म रमाउँदै हिँडिरहेको थिएँ। एउटा स्कटर झ्याप्पै रोकियो। नाकले चिनिहाल्यो त्यो हावामा फैलिएको सगन्ध अद्वैताकै हो। त्यो आकस्मिक भेट लम्ब्याउन मैले कफी अफर गरेँ।
‘ह्या हतार भएको बेला कफी खानपर्ने कसैलाई’ उसले नमानेजस्तो गरी।
‘दूध खानलाई बिरालो हैन, अनि !’ मैले कर गरें।
‘ल ल चप लागेर बस,’ म उसको आज्ञा सिरोपर बसेँ र बत्तिएपछि भनेँ, ‘केटीले चलाएको बाइकमा बस्दै केटी जिस्क्याउन जस्तो रमाइलो केही लाग्दैन।’
‘गफाडी, लेख्छ प्रेमको आदर्श, व्यवहार छ यस्तो’, ईष्र्या मिसिएको उसको गाली खब मनपर्यो।
उसँग संकोच घट्दै गएको थियो। जब दईजना खला भइन्छ तेस्रो व्यक्तिको संकोच लाग्दो रहेछ। बस्नका लागि अलि परको साँघरो कर्सीतर्फ इशारा गरें। यसो गर्दा खला हन सजिलो पथ्र्यो।
मैले अरूबाट छेलिने ठाउँ रोजेर के गर्न, उसले मबाट छेलिन ब्यागबाट मोबाइल निकाली, एयरफोन जोडी र दवै कानमा घसारी।
मैले पनि आँखा आफ्नै मोबाइलतिर दौडाएँ। कानमा उसको हाँसो ठोक्कियो।
मलाई नै उडाउँदै रहिछ।
‘के छ, केटीको स्कटर पछाडि बसेर केटी नै जिस्क्याउन मन पराउने मान्छे। अनि अरू के के मनपर्छ नि ? ’
‘किन, तिमीलाई बतायो भने पाइन्छ ? ’
‘भनी हेर न।’
‘राम्री केटीसँग एयरफोन सेयर गर्न।’
‘हेर न हावा।’
‘तर, के गर्न पाइँदैन,’ घर्की लगाएजस्तो गरेपछि उसले एयरफोनको एउटा तार मेरो कानमा जोडिदिई।
गीत बज्यो कि मन, मेसै पाइनँ। त्यसैले उसैसँग सोधेँ।
खै सजिलो बनाइदिएकी हो कि गाह्रो, भनेकी थिई, ‘द्वेत नबन, दःख पाइन्छ। अद्वैत बन, अद्वैताको संगतले।’
उसले योगानन्दको किताब छान्दा मैले उसलाई न्यज स्टोरीका लागि छानेको थिएँ। उसले यक्तेश्वर गिरीको ‘कैवल्य दर्शनम्’ पढ्न दिँदासम्म सम्बन्ध निकै झांगिसकेको थियो। उसलाई समाचारको लागि होइन आफ्नो लागि छनोट गरौंजस्तो ! घर पग्नेबित्तिकै उसले दिएको पस्तक पल्टाउन हतारिएँ। कापमा एउटा पाना रहेछ, जतनसँग लकाइएजस्तो। शीर्षक थियो– ‘पेज नम्बर ३५’। किताबलाई पाखा लगाएर म त्यही पेजमा घोत्लिएँ। जसको असर ३५औं दिनसम्म पनि यति विषाल बनेको छ यी।
यो पेज के हो ? के होइन ? खास यत्ति गाँठो फकाउन म अद्वैताकहाँ पगेको थिएँ। ऊ कति अप्ठ्यारी छे भने नसनेका करा सनाउँछे, सनेका कराको प्रष्टीकरण नै दिन्न। यो पेजको बारेमा पनि त्यसै गरी।
ढंगो बोल्ला मान्छे बोलेको होइन।
उसले मेरो कौतहल शान्त पार्नै चाहिनँ। बर उल्टै कौतहल उत्पन्न नगर्न पो सझाव दिई। जिज्ञासा र कौतहलबाट माथि उठ र ममक्ष बन भनी। भन्न त यस्ता करा धेरै महात्माले भनेका छन्। तर, म कौतहलको डोरीमा जेलिँदै गएको थिएँ।
...
३५ दिन भयो पेज नम्बर ३५ ले यति गम्भीर बनाएको। अझै तनाव के भने ३५ दिनदेखि ऊ बेखबर छे।
त्यसपछि अद्वैता एकपटक पनि सम्पर्कमा आएकी छैन। मैले पनि सम्पर्क गर्न सकेको छैन।
उसका विषयलाई लिएर मनहरू विभाजित छन्। बहमत भने उसैको पक्षमा छ। अनायास उसमा आएको बदलावलाई ‘परिस्थितिजन्य’ अनमान गर्छ मन।
शंकाको मतचाहिँ उसको पक्षमा छँदै छैन। केही उदाहरणसमेत देखाउँदै शंका थप्छ, ‘उसका गतिविधिउपर म उब्जिँदा कनै सनवाइ भएन। खासमा ती मनले सोचेजस्ती मायाल छँदै थिइनन् !’
उसका कारण ठूलो अपमान भएको ठान्दै बदलाको तानावानासमेत बन्न खोज्छ अहंकार।
यस विषयमा बद्धिलाई अझै धेरै भन्न छ। तर, अहिलेलाई उसको सिधा आदेश छ, ‘एउटी केटीको विषयलाई लिएर यति गम्भीर बन्नको कनै तक छैन। यसमा तर्क, वितर्क र विश्लेषण गर्न त झन् व्यर्थको काम हो।’ कनै हालतमा पनि ३६औं दिनलाई बद्धि शान्त हेर्न चाहन्छ।
तैपनि भित्री मनको इच्छा छ, एक पटक अद्वैतामाथिको अन्योल चिर्ने।
३६ दिनपछि उसको इमेल आयो।
‘के लेखेकी होली !’ मट ढक्क भयो।
ती अक्षरमा आँखा र मन लपक्कै टाँसिए :
‘मलाइ राम्ररी थाहा छ, तिमी मप्रति, मेरा विगतप्रति, मेरा सम्बन्ध र सहवासहरूप्रति कौतहलले भरिएका छौ। तिमी विश्वासिला छौ र शंकाल पनि। आफ्ना कौतहललाई तिमीले मउपर वर्षायौं तर त्यो वर्षाले मेरा भावना बगाएन। नबग्न, म रित्तिएकाले थिएन। मैले झट बोलिनँ किनभने तिमीसँग पनि झट बोले सत्य कोसँग बोलँ ! म तिमीलाई ढाँट्नै सक्दिनँ। सत्य त बोल्नै सक्दिनँ झन्।
तिम्रा सारा कौतहलको ऐनामा म उभिन सक्थेँ। तिमीले एकएक गरी जवाफ पाउन सक्थ्यौं, तर के तिम्रा जिज्ञासा निवारण हन्थे ? एउटा मेट्टाएपछि दइवटा जन्मन कौतहलको प्रकृति हो। जवाफ पाए पनि तिमीले हबह पत्याउँथ्यौ होला ? मैले झटो करा बताएँ र तिमीले पत्यायौं वा मैले सत्य करा बताएँ र तिमीले शंका गर्यौ भने त झन् ठूलो धोका भयो नि !
तिमी झन् अशान्ति र कौतहलको अझै गहिरो भमरीमा पर्न सक्थ्यौं।
प्रश्नको समाधान जवाफले गर्ला, शंकाको गर्दैन। झन् सत्य जान्न छ भने त अनभव गर्न सक्नपर्छ उत्तर खोज्ने होइन।
तिमी प्यारा छौ त्यसैले पेज नम्बर ३६ पठाउँदै छ। यसले तिम्रो प्रश्नका जवाफ मिल्ला नमिल्ला भन्न सक्दिनँ। तर, प्रश्नै नउब्जिने शान्त अवस्थाको अनभव गर्न सक्छौ। यदी पढ्न जान्यौ भने।’
अद्वैताको इमेलले रङबंगिएको दिमाग लिएर अफिस पगेँ। रिसेप्सनिस्ट बहिनीले एउटा बन्द खाम दिइन्। नाम मेरो थियो, अक्षर अद्वैताको। एकान्तमा खाम खोलेँ, भित्र एउटा पेज थियो ‘पेज नम्बर ३६’ लेखिएको। र, त्यो पूरै खाली थियो।
शब्दमा खेल्न सिकाउने, शब्दको मर्म बझाउने वाचाल अद्वैता शब्दका पर्खाल भत्काएर खाली पेज पढ्ने इशारा गर्दै गई। बेलाबेला ऊ भन्ने गर्थी, सत्य खाली हन्छ।