भोजपुर नगरपालिकाका मेयरद्वारा सपथ ग्रहण

भोजपुर नगरपालिकाका मेयरद्वारा सपथ ग्रहण

भोजपुर : दोश्रो चरणको स्थानीय तह चुनावमा जित हासिल गरेका भोजपुर नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्यले आइतबार सपथ ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा मेयर कैलाशकुमार आले र उपमेयर ममिता राईको उपस्थितीमा भोजपुर नगरपालिकाका १२ वटै वडाका निर्वाचित जनप्रतिनिधीलाई एकै साथ सपथ ग्रहण गराइएको हो ।

दोश्रो चरण स्थानिय तह अन्र्तगत भोजपुर नगरपालिकामा कुल १५ हजार ४ सय ८७ मतदाता रहेकोमा ९ हजार ३ सय ५५ सदर मत खसेको थियो । जसमा नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार कैलाश कुमार आलेले ४ हजार ७० मत ल्याएर विजयी हुनु भएको थियो ।

त्यसैगरी उपमेयरमा निर्वाचित एमालेकी ममिता राई ३ हजार ७ सय ७३ मतले विजयी हुनु भएको हो । भोजपुर नगरपालिकाका १२ वडामध्ये कांग्रेसले ६ वडा, एमालेले ५ वडा र माओवादी केन्द्रले एउटा वडामा विजय हासिल गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले गराएको सपथ ग्रहण कार्यक्रममा निर्वाचित सबै जनप्रतिनिधीहरुलाई बधाई तथा प्रमाण पत्र प्रदान गरेको थियो । उक्त सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठले निर्वाचित सबै जन प्रतिनिधीहरुलाई अविरजात्रा गर्नुका साथै प्रमाणपत्र प्रदान गर्नुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, स्थानीय विकास अधिकारी सीता परियार, सुरक्षा प्रशासनका प्रतिनिधीहरुका साथै अन्यको विशेष उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.