सुशासनलाई प्राथमिकता दिन्छु : मेयर खतिवडा
सङ्खुवासभा : खाँदबारी नगरपालिकाको मेयर मुरारीप्रसाद खतिवडाले अब नगरपालिकाको कार्यालयमा सुशासनलाई प्राथमिकता दिने बताउनु भएको छ।
नगरबाट दिने सेवाको विषयमा जनगुनासो बढ्दै गएको अवस्थामा सेवाग्राहीलाई सुशासनको अनुभूति गराउने उहाँको भनाइ छ। नगर विकासको लागि चाँडै एक विज्ञ टोली गठन गरी विकासका कामहरु अगाडि बढाउने उहाँले घोषणा गर्नु भएको छ।