स्थगित धरान उपमहानगरको मतगणना पुनः सुरु

 स्थगित धरान उपमहानगरको मतगणना पुनः सुरु

 धरान :  धरान ट केहीबेरअघि रोकिएको धरान उपमहानगरपालिकाको मतगणना १ घण्टापछि सुरु भएको छ । मतगणना अव्यस्थित भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएपछि मतगणना रोकिएको थियो ।

राजनीतिक सहमतीका आधारमा रोकिएको मतगणना पुनः सुचारु भएको हो । धरानको मतगणना नरोक्न निर्वाचन आयोगलेसमेत निर्देशन दिएको थियो ।
वडा नम्बर ८ को मतगणना सकिएलगत्तै मतगणना अव्यवस्थित भएको भन्दै कांग्रेसका प्रतिनिधिले गणना स्थल छाडेपछि मतगणना रोकिएको थियो ।

कांग्रेसका प्रतिनिधिले मतगणनामा भाग नलिएपछि गणना स्थल धरान सभागृहमा सर्वदलीय बैठक बसी सहमती गरेको हो । राजनीतिक सहमती पश्चात पुनः मतगणना सुरु भएको सहायक निर्वाचिन अधिकृत गणेशप्रसाद खतिवडाले बताउनुभयो ।

धरानको १ देखि ८ वडाको परिणाम आइसकेको छ । प्राप्त परिणाम अनुसार १, २, ५ कांग्रेसमा कांग्रेसले जितेको छ भने ३, ४, ६,७ र ८ नेकपा एमालेले जितेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.