स्थानीयले सहयोग नगर्दा विराटनगरको मतगणना गर्न काठमाडौका कर्मचारी !

स्थानीयले सहयोग नगर्दा विराटनगरको मतगणना गर्न काठमाडौका कर्मचारी !

विराटनगर :  विराटनगर महानगरको मत गणना सुस्त भएको चौतर्फी गुनासो आइरहेको बेलामा गणनामा सघाउनुको साटो मोरङका सरकारी कर्मचारीले असहयोग गरेका छन् ।मोरङका कर्मचारीले असहयोग गरेपछि काठमाडौंबाट कर्मचारी खटाएर मतगणना गर्ने तयारी भएको छ । त्यहाँबाट कर्मचारी विराटनगरका लागि हिँडेका छन् । निर्वाचन आयोगले गणनाको गति बढाउन विशेषज्ञ कर्मचारीलाई पठाएको हो । जिल्लामा कर्मचारीको व्यवस्थापन मिलाउने जिम्मा जिल्ला प्रशासन कार्यालयको हुन्छ । तर, प्रशासनले समेत आयोगको काममा असहयोग गरेको गुनासो बढेको छ ।

मत गणना आरम्भ भएको विराटनगर महानगरमा पाँच दिन बित्न लाग्दासमेत एउटा वडाको पनि मत परिणाम सर्वाजनिक हुन सकेको छैन । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले गणनामा सघाउन सार्वजनिक सूचना गरेर सरकारी कर्मचारीलाई सहयोगको आह्वान गरेपनि कर्मचारीले मत गणनामा सघाउन पुग्ने काम गर्न चासो दिएका छैनन ।

आयोगका क्षेत्रीय प्रमुख प्रेम सञ्जेलले सूचना जारी गरी राष्ट्रलाई सघाउन किन अघि नबढ्ने भन्दै फेसबुकमासमेत आयोगको सूचना पोस्ट गर्नु भएको छ । तर, सूचना गरेको १२ घण्टा बित्दासमेत कुनैपनि सरकारी कर्मचारी आयोग र मुख्य निर्वाचन आयुक्तको कार्यालयको सम्पर्कमा आएका छैनन् । सञ्जेलका अनुसार गणनामा खटिने अधिकृतले सरकारको नियम अनुसार एक हजार ६ र थप ७ सय गरी २ हजार ३ सय भत्ता पाउँछन् । तर, गणनामा खटिने टिमले आठ घण्टामा ५ सय मत गणना गर्नुपर्छ । दश किमी टाढा जानु परे यातायात खर्चको पनि व्यवस्था गरिएको हुन्छ ।

मोरङका मुख्य निर्वाचन आयुक्त विनोद कुमार पोखरेलले भन्नुभयो,‘आयोगले सूचना प्रकाशित गरेपनि कोही कर्मचारी पनि सम्पर्कमा आउनु भएको छैन ।' पोखरेलले निर्वाचन आयोगबाटै विशेषज्ञसहितको १० जनाको टोली विराटनगर ल्याउने तयारी भएको र उनीहरु विराटनगरको लागि हिँडिसकेको जानकारी दिनुभयो ।

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेलले गणना गर्ने खाल नथपिने तर अहिले गन्दै गरेको स्थानमा गति बढाउन आयोगले ध्यान दिएको जानकारी दिदैं भन्नुभयो,‘विराटनगरको मत गणनाको गति कसरी बढाउने भन्नेमा हामी पनि चिन्तित छौं।' क्षेत्रीय निर्वाचन कार्यालयबाट खटिएका आयोगका कर्मचारीले ग्रामथान, धनपालथान र विराटनगर महानगरमा गणनाको काममा सहयोग गरिरहेको सञ्जेलले बताउनु भयो ।

विराटनगरमा गत विहीबारबाट मत गणना सुरु भएको हो । अहिले वडा नम्बर १,२,३,४,१६,१७ र १८ नम्बर वडाको गणना भइरहेको छ । पहिलो दिनबाट गणना गरिएको वडा नम्बर १ को अन्तिम परिणासमेत सार्वजनिक हुन नसक्दा आयोगको आलोचना भइरहेको छ । वडा नम्बर १ मा ४ हजार ५ सय मत खसेको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.