धनगढीको मतगणना २ बजेपछि हुने : यस्तो छ सहमती
कैलाली : सर्वदलीय बैठकमा सहमति जुटेपछि कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सोमबार २ बजेदेखि सुरु हुने भएको छ। सर्वदलीय बैठकमा सहमति भएपछि मतगणना हुने भएको हो।
सहमतिपत्रमा मुख्य निर्वाचन अधिकृति धनसिंह महरा, प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजाल, प्रमुख सेनानी टेकबहादुर चन्द, सशस्त्र प्रहरीका उपरीक्षक गणेश संग्रौला, प्रहरी उपरीक्षक अर्जुन चन्दसँगै प्रमुख दल नेपाली कांग्रेसका पूर्ण कुँवर, एमालेका दुर्गाप्रसाद जोशी, माओवादी केन्द्रका रमेशसिंह धामीलगायत विभिन्न दलका प्रनिनिधिले हस्ताक्षर गरेर ६ बुँदे सहमति गरेका छन्।
‘क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदान अधिकृतहरुलाई उपलब्ध गराइएका सिलका नम्बरहरु तथा मतदान केन्द्रमा मतपेटिकामा सिल लगाउदा उम्मेदवार र उम्मेदवारका मतदान प्रतिनिधिलाई उपलब्ध गराइएका सिल नम्बरहरु मिलाई मिलेमा मात्र उम्मेदवार वा जिनको प्रतिनिधिको रोहवरमा मतपेटिका खोली मतगणना गर्ने।’ सहमति भएको पहिलो बुँदामा उल्लेख छ।
यस्तो छ सर्वदलीय बैठकको निर्णय