पथरीमा झडपपछि मतगणना रोकियो

पथरीमा झडपपछि मतगणना रोकियो

विराटनगर : मत परिणामको विषयलाई लिएर मोरङको पथरीमा झडप भएको छ। कांग्रेस र माओवादीका समर्थकले मत गणनाको परिणाम नमान्ने भन्दै सोमबार गणनास्थलमा धर्ना बसेपछि प्रहरीसँग झडप भएको हो। पथरी बहुमुखी क्याम्पसको गणनास्थलमा आइतबार ११ बजे राति बाटै विवाद सुरु भएको थियो।

वडानम्बर ९ को वडा अध्यक्षमा भानु राईले ७ सय ७४ मतप्राप्त गरी विजयी भएको घोषणा गरिएको थियो। कांग्रेसका वीरबहादुर राईले ७ सय ६७ मत प्राप्त गरी पराजित हुनु भएको थियो।

कांग्रेस र माओवादीका समर्थकले निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै प्रदर्शन गरेपछि तनाव भएको हो। प्रहरीले प्रदर्शनकारीलाई गेटबाट पर हटाएको छ।
पथरीको विवाद सुल्झाउन अहिले सर्वदलीय बैठक बसिरहेको छ।

यता धनपालथान गाउँपालिकामा शनिबार रातिदेखि स्थगन भएको मतगणना सूचारु हुन सकेको छैन। कांग्रेसका उम्मेदवारले प्राप्त गरेको १ सय १ मत एमाले उम्मेदवारको खातामा जोडिएपछि विवाद भएको थियो। निर्वाचन अधिकृत टोलाराज उपाध्यायले विवाद मिलाएर पुनःगणना सुरु गर्ने प्रयास भई रहेको जानकारी दिनुभयो। धनपालथान २ मा २ हजार ९ सय मत खसेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.