‘अध्यागमनबाट आतंककारी छिर्न सक्छन, गम्भीर बन्नुहोस’
काठमाडौ:गृहमन्त्री जनार्दन शर्माले अध्यागमन कमजोर भए आतंकवादी र आपराधिक पृष्ठभुमि भएका व्यक्तिहरु छिर्न सक्ने भन्दै त्यस प्रति गम्भीर बन्न अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
अध्यागमन विभागमा सोमबार ‘नेपाल इमिग्रेसन’ नामक मोवाइल एप्सको सार्वजनिक गर्दै गृहमन्त्री शर्माले अध्यागमन राष्ट्रिय सुरक्षासँग जोडिएको स्थान भएकाले त्यहाबाट आतंककारी र आपराधिक पृष्ठभुमिका व्यक्तिहरु नेपाल छिर्न सक्ने भन्दै सजग र इमान्दार बन्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । ‘म राष्ट्रिय सुरक्षासँग कुनै कम्प्रमाइज गर्न सक्दिन, सजग भएर काम गर्नुहोस’, मन्त्री शर्माले भन्नुभयो ।
गृह मन्त्री शर्माले भन्नुभयो, ‘अध्यागमन आतंककारीलाई नियन्त्रण गर्ने स्थान हो । राष्ट्रको सुरक्षासग जोडिएको विषयमा लापरवाही नगर्नुहोस । तपाइहरुको सानो हेलचेक्राइले ठुलो घटना हुन सक्छ ।’
गृहमन्त्री शर्माले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय सहितका अन्य नाकाहरुमा चरम विकृति र विसंगति रहेकाले कर्मचारीले आफ्नो आचरण नसुधारे कारवाही भोग्न तयार हुन चेतावती दिनुभयो ।
उहाँले राष्ट्रिय सुरक्षाप्रति संवेदनशिल भएर काम गर्न अध्यागनका कर्मचारीलाई निर्देशन दिनुभयो । ‘तपाइहरुले के के गलत काम गर्नु भएको छ त्यसको सवै सुचना म सँग छ’, गृहमन्त्री शर्माले भन्नुभयो, ‘खराव आचरण भएका कर्मचारीहरु सजाय भोग्न तयारी अवस्थामा बस्नुहोस ।’ मन्त्री शर्माले अपारदर्शी र नैतिकहिन काम गरेर अध्यागमनका कर्मचारीले राष्ट्रको बेइज्त गरेको वताउनु भयो ।
‘दैनिक जसो अध्यागमनमा गतल र अनैतिक काम भइरहेको छ’ ,गृहमन्त्री शर्माले भन्नभुयो, ‘अध्यागमन विभाग नेतृत्वले किन मलाइ कर्मचारीले गरेका गलत कामको रिपोटिङ गर्दैन । म पर्खिरहेको छु ’
गृहमन्त्री शर्माले अध्यागमनका कर्मचारी माथि उठाएको नैतिक प्रश्नले अध्यामगन विभागका महानिर्देशक गंगाराम गेलाल गम्भीर र नर्भस बन्नु भएको थियो । विमानस्थलस्थित अध्यागमन कार्यालयमा पछिल्लो पटक सेटिङमा मानव तस्करी भइरहेको छ । पर्यटक भिसामा खाडी मुलुक जान कडाइ गरे पनि एयरलाइन्स, प्रहरी र अध्यागमनका कर्मचारीको सेटिङमा दैनिक जसो कामदारहरु खाडी मुलुक गइरहेका छन । मन्त्री शर्माले विमानस्थलबाट हुने मानवतस्करी प्रति संकेद गर्दै भन्नुभयो, ‘हिजो गृहमन्त्री नहुदा पनि मलाई थाहा थियो । आज गृहमन्त्री भएको छु विमानस्थल र अध्यामगन कार्यालयबाट हुने सवै खालका विकृति मलाइ थाहा छ । यस्ता विकृती तत्काल बन्द गर्नुहोस ।’
मन्त्री शर्माले कुनै पनि विदेशी नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमनका कर्मचारीसग भेट हुने र कर्मचारीको कार्यशैलीबाट ती विदेशी पाहुनाले समग्र नेपालीको मुल्याङकन गर्न सक्ने वताउनु भयो । उहाँले नाकामा बस्ने अध्यामगनका कर्मचारीको व्यवहार र कार्यशैलीबाट पर्यटकले नेपालको बारेमा पहिलो धारणा बनाउने भएकाले इमान्दार बन्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
गृहमन्त्री शर्माले सार्वजनिक गरेको मोवाइल एप्समा अध्यागमनका ऐन, नियमावली लगायत समेटिएको छ । एप्सको माध्यमबाट अध्यागमनको बारेमा सुचना र आवश्यक जानकारी लिन सक्नेछन । पर्यटकले अव उप्रान्त एप्सको माध्यमबाट डिर्पाचर र अराइभल फारम समेत डिजिटल रुपमा भर्न सक्ने छन । विभागले अध्यामगन सुधार रणनीतिक योजना अन्र्तगत मोवाइल एप्स सार्वजनिक गरिएको हो । गृहमन्त्री शर्माले कार्यक्रमपछि अध्यागमन विभागका हिरासत कक्ष सहित विभिन्न विभागको निरिक्षण गर्नुभएको थियो ।