प्रधानपञ्चदेखि गाउँपालिका अध्यक्षसम्म

प्रधानपञ्चदेखि गाउँपालिका अध्यक्षसम्म

दाङ : शान्तिनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित कमानसिंह डाँगी प्रधानपञ्च देखि गाउँपालिका अध्यक्षसम्म बन्नु भएको छ । २०२७ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका डाँगी नेपाली काग्रेसको तर्फबाट शान्तिनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँले प्रधानपञ्चदेखि अहिलेसम्म जित्दै आउनु भएको छ ।

उहाँको विरोधमा कांग्रेसबाटै बागी उम्मेदवारी समेत परेको थियो । डाँगी २०४४ सालको प्रधानपञ्चको निर्वाचनमा जिल्लामै बुहदलवादीको तर्फबाट चुनावमा गएका डाँगी बाघमारे गाउँ पञ्चायतबाट प्रधानपञ्चमा निर्वाचित हुनु भएको थियो । २ वर्ष प्रधानपञ्च भएर गाउँ चलाएका डाँगी २०४६ सालको बहुदल स्थापनार्थ भएको जन आन्दोलनमा सक्रिय हुदैँ प्रधानपञ्च छा्डनु भएको थियो । त्यस पछि २०४९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बाघमारे गाविस अध्यक्ष निर्वाचित हुनु भएको थियो ।

त्यसै गरी २०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष अर्कोलाई जिम्मा दिएर जिल्ला विकास समितिमा सदस्यको रुपमा निर्वाचित हुनु भएको थियो । २०५९सम्म जनप्रतिनिधि भएका डाँगी २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा साविकका बाघमारे, धनौरी र शान्तिनगर गरी तीन गाविस मिलेर बनेको शान्तिनगर गाउँपालिकाको पुनःअध्यक्षमा निर्वाचित हुनु भएको हो ।

निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै एक हजार मत बढस् ल्याएर डाँगी तेस्रो पटक अध्यक्ष बन्नु भएको हो । दुई कार्यकाल गाविस अध्यक्ष निर्वाचित डाँगी तेस्रो पटक गाउँपालिकाको अध्यक्षमा चुनिनु भएको छ । स्थानीय स्तरमा लोकप्रिय मानिने डाँगी यस पटक आफ्नो इच्छा नहुँदा नहँुदै पनि जनताको आग्रहले चुनाव लडेको बताउनु भयो । २०१० सालमा जन्मिएका डाँगी राजनीतिमा पुराना नेताका रुपमा स्थापित हुनुहुन्छ । विभिन्न समयमा जेल नेल सामना गरेका डाँगी केहि समय शिक्षण पेशा समेत गर्नुभएको थियो । शिक्षक छोडेर उहाँ प्रधानपञ्च बन्नु भएको थियो ।

अध्यक्ष डाँगी दाङमा काग्रेसका प्रभावशाली नेता खुमबहादुर खडका, बलदेव शर्मा मजगैँया लगायतका नेताका सहकर्मी हुनुहुन्छ । डाँगी गाउँको राजनीतिमा क्रियाशील हुनु भयो भने खड्का केन्द्रीय राजनीतिमा सक्रिय हुनु भयो । गाउँपालिका अध्यक्ष निर्वाचित डाँगी भन्नु हुन्छ,‘मलाई गाउँका जनताले बाहिर जान दिएनन्, मेरा सहकमी प्रभावशाली नेतादेखि मन्त्रीसम्म भइसक्नु भएको छ । म त गाउँकै सेवामा तल्लिन छु ।' अध्यक्षमा निर्वाचित भएका डाँगीले गाउँपालिकालाई नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि सारेको बताउनु भयो । उहाँले विगतमा गर्न नसकेका काम पूरा गर्ने र जनताको सुझावमा काम गर्ने बताउनु भयो ।

का‌ंग्रेस सभापतिकै वडामा हार


नेपाली काँग्रेस दाङका जिल्ला सभापति कीर्तीबहादुर खड्काको वडामा नेपाली काँग्रेसले लजास्पद हार बेहोरेकको छ । तुलसीपुर उपमहा नगरपालिका वडा नं ४ काग्रेस सभापति खड्काको वडा हो । जसलाई काग्रेसको प्रभाव क्षेत्र मानिदै आएको थियो ।

आइतबार आएको वडाको मतपरिणाम अनुसार काग्रेसका उम्मेदवारले लजास्पद हार बेहोरेका हुन् कांग्रेस सभापतिको वडामा एमालेले दोब्बरको हाराहारीको मत ल्याएर वडा प्यानल जितेका छ । कांग्रेसबाट वडा अध्यक्षको लागि महिला संघका क्षेत्रीय सभापति चित्रा गिरी प्रतिस्पर्धामा रहनु भएको थियो । उहाँलाई एमालेका उम्मेदवार बालकृष्ण रानाले ५ सय मतले पछि पार्दै आफ्नो जित हात पार्नु भएको हो।

दुई पत्रकार विजयी

तुलसीपुर उपमहानगरपालिकाका दुई वडामा वडा सदस्यको रुपमा दुई जना पत्रकार निर्वाचित भएका छन् । उपमहानगरको वाड नं ५ बाट पत्रकार सुरेश कुमार श्रेष्ठ र वडा नं.६ बाट दुजमान भण्डारी (बर्षाद) वडा सदस्यमा निर्वाचित हुनुभएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.