गणतन्त्र जोगाउन तोकिएकै समयमा चुनाव : प्रधानमन्त्री

गणतन्त्र जोगाउन तोकिएकै समयमा चुनाव : प्रधानमन्त्री

सुर्खेत : प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा प्रदेश नम्बर २ मा स्थानीय तहको चुनाव सम्पन्न हुने बताउनु भएको छ । गणतन्त्र जोगाउनका लागि चुनाव अपरिहार्य भएको भन्दै उहाँले असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तहको र माघ अगाडि नै प्रदेश तथा केन्द्रीय संसदको चुनाव सम्पन्न हुने उल्लेख गर्नुभयो । 

‘गणतन्त्रलाई संस्थागत गर्नुछ, लोकतन्त्रलाई बलियो बनाउनु पर्नेछ’ वीरेन्द्रनगरमा सोमबार सम्पन्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सरकारको मुख्य ध्यान नै चुनावमा छ, असोज २ गते नै प्रदेश नम्बर २ मा स्थानीय चुनाव सम्पन्न हुन्छ । तोकिएको मितिमा नै प्रदेश र संसदको पनि चुनाव सम्पन्न गर्नेछौं, यसका लागि वर्तमान सरकार प्रतिबद्ध छ ।’

जनताको लामो संघर्षबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्न चुनाव एक मात्र विकल्प भएको प्रधानमन्त्रीले बताउनुभयो । चुनाव सफल बनाउनुपर्ने वर्तमान सरकारको दायित्व भएको भन्दै उहाँले सबै तहका चुनावमा उत्साहका साथ सहभागि हुन सबैलाई आग्रह गर्नुभयो ।

चुनावले नै जनताको भावना र आन्दोलनबाट प्राप्त उपलब्धीहरु संस्थागत गर्ने उहाँको दाबी थियो । आन्दोलनबाट प्राप्त उपलब्धीहरु गुम्न नदिनका लागि पनि सरकार तोकिएकै समयमा सबै तहको चुनाव सम्पन्न गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सोही अवसरमा विश्वविद्यालयका विद्यार्थीहरुलाई दीक्षित गर्नुभयो । स्थापनाको सात वर्षपछि सम्पन्न प्रथम दीक्षान्त समारोहमा विभिन्न संकायका चार सय ५१ जना विद्यार्थीहरु दीक्षित भएका छन् । मध्यपश्चिम विश्वविद्यालयले विस्तारै गति लिन लागेको र यसको भौतिक तथा प्रशासनिक सुधारका लागि सरकारले सक्दो सहयोग गर्ने प्रधानमन्त्रीले आश्वासन दिनुभयो ।

यस्तै उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले यस क्षेत्रको प्राकृतिक स्रोतको अनुसन्धान गर्नेगरी पाठ्यक्रम निर्माण गर्न विश्वविद्यालयलाई सुझाव दिनुभयो । दीक्षित विद्यार्थीहरुलाई आफ्नो ज्ञान र सीप राष्ट्र निर्माणमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो । विश्वविद्यालयको सातौ सिनेट पनि सोमवार नै सम्पन्न भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.