पानी र झरीले रोकेन कांग्रेको विजय जुलुसलाई
फिदिम : फिदिम गरपालिकामा मेयर र उपमेयरसहित अधिकांश वाडा विजयी भएको खुसियालीमा नेपाली काँग्रेसले फिदिम बजारमा विजय जुलुस गरेको छ। मुसलधारे वर्षाको प्रवाह नगरी कांग्रेसको विजय जुलुसले फिदिम नगरको परिक्रमा गर्यो।
फिदम नगरपालिकाका १४ मध्ये नौ वडामा कांग्रेस विजयी भएको छ। फिदिम नगरका कांग्रेस समर्थ पार्टी कार्यालयमा भेला भएर विजय जुलुसमा सहभागी भए। कार्यकर्ता र समर्थक मुसलधारे पानीमा छाता ओढेर जनप्रतिनिधिका साथमा कांग्रेसको विजय जुलुसमा उत्साहका साथ सहभागी भए।
फिदिम नगरपालिकाको जित सँगै जिल्लामा कांग्रेसले प्रतिष्ठा जोएिकाले पनि प्रतिकुल मौसमको बाबजुद विजय जुलुस निकोलेको पाँचथर कांग्रेसका सभापति नरेन्द्रकुमार केरुङको भनाइ छ।
‘फिदिम नगरपालिका मात्र नभएर जिल्लाको सदरमुकाम पनि हो,’ केरुले भन्नुभयो, ‘नेपालका १० नमुना शहर मध्ये फिदिम पनि एक भएकाले सबै दलको नजर फिदिम नगरमा थियो। कांग्रेसको जितपछि कार्यकर्तामा उत्साह बढेको छ। हाम्रो खुशीलाई मौसमले छेक्ने कुरै भएन।’
विजय जुलुसमा फिदिम नगरका १४ वडाका कांग्रेस समर्थक सहभागी थिए। विजय जुलुसपछिको कोण सभालाई नवनिर्वाचित मेयर ओनाहाङ नेम्बाङ, उपमेयर उर्मिला श्रेष्ठ (प्रधान) र नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले सम्बोधन गर्नु भएको छ।