झापामा एमालेको विजयी सुरुवात : दुई तहमा राप्रपा निर्वाचित

झापामा एमालेको विजयी सुरुवात : दुई तहमा राप्रपा निर्वाचित

दमक : एमालेका अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक हुन थालेको छ। सोमबार साँझ सम्ममा तीन स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। जसमा राप्रपाले दुई स्थानीय तहमा बाजी मारेको छ भने एमालेले एक स्थानमा जित निकाल्दै विजयी सुरुवात गरेको छ।

झापाको हल्दिबारी र कचनवल गाउँपालिकामा राप्रपाले जित हासिल गरेको हो। त्यस्तै एमालेले कनकाई नगरपालिकामा जित निकालेको छ। प्रमुख र उपप्रमुखसहित ९ वटा वडा रहेको कन्काइका अधिकांश वडामा एमालेले जित निकालेको हो।

प्रमुखमा एमालेका राजेन्द्र पोखरेल विजयी हुनु भएको छ । उहाँले ८ हजार ४ सय १६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका एकराज उप्रेतीले ६ हजार १ सय ९७ मत ल्याउनु भएको छ।

नगरको उपप्रमुखमा एमाले कै मञ्जु प्रसाई ८ हजार ५ सय ७६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कविता बस्नेतले ६ हजार ५ सय ७९ मत प्राप्त गर्नुभयो ।

एमालेले वडा नम्बर १, २, ४, ५, ७ र ८ मा अध्यक्षमा जित हात पारेको हो। यस्तै कांग्रेस ३, ६ र ९ मा वडा अध्यक्षमा विजयी भयो। वडा नम्बर १ मा एमालेका रोशन पोखरेलको प्यानल नै विजयी भएको छ। २ नम्बर वडामा पर्शु गिरीको प्यानलनै विजयी भयो भने ३ नम्बर वडामा नेपाली कांग्रेसका रुद्र चिमरीया विजयी हनु भएको छ।

यस्तै वडा नम्बर ४ मा एमालेका गोविन्द पौडेलको प्यानल नै विजयी भएको छ। यस्तै वडा नम्बर ५ को वडाअध्यक्षमा एमालेका कृष्ण राईको प्यानल नै विजयी भएको छ भने वडा नम्बर ६ मा कांग्रेसका लक्ष्मीप्रसाद ओलीको प्यानल नै विजयी भयो।

यस्तै वडा ७ मा एमालेका लिला कन्दङ्वा र वडा नम्बर ८ मा एमालेको प्रेमप्रसाद कटुवालको प्यानल नै विजय भएको छ। वडा नम्बर ९ मा नेपाली कांग्रेसका प्रेम राजवंशी विजयी हुनभयो।

झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रबिन्द्र लिङ्देन विजयी हुनु भएको छ। उपाध्यक्षमा भने एमालेले बाजी मारेको छ। एमालेका डम्बर गिरी निर्वाचित हुनु भएको हो।

राप्रपाका लिङ्देनले ३ हजार ९ सय ४३ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी मञ्जु सापकोटाले ३ हजार ५ सय ४३ मत प्राप्त गर्नुभयो।

उपाध्यक्ष पदमामा निर्वाचित गिरीले ४ हजार ३ सय ८६ मत प्राप्त गर्नुभयो भने उहाँका निटकतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी चन्द्रकला राईले २ हजार ७ सय ४७ मत प्राप्त गर्नुभएको छ। ५ वटा वडा रहेको यस गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा एमालेका त्रिलोचन सापकोटाको प्यानल नै विजयी भएको छ। २ नम्बर वडामा माओवादी केन्द्रका राजेन्द्र योङ्हाङको प्यानल नै विजयी भएको छ।

यस्तै वडा नम्बर ३ मा एमालेकी रोशनी सिवाकोटीको प्यानलनै विजयी भएको छ। यस्तै वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका होम चुडाल विजयी हुनु भयो भने सदस्यमा भने चारनै जना एमालेका विजयी भएका छन्।

वडा नम्बर ५ मा भने राप्रपाका शेरबहादुर थापाको प्यानल नै विजयी भएको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जानकारी दिनुभयो।

यसअघि कचनकवल गाउँपालिकामा जित हासिल गर्दै राप्रपाले झापामै पहिलो खाता खोलेको थियो। कचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित ३ वडाको वडाध्यक्ष पदमा जित हासिल गरेको हो।

गाउँपालिकाको अध्यक्षमा राप्रपाका अन्जरा आलम ५ हजार ८१६ मतका साथ निर्वाचित हुनु भएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वस् कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले ५ हजार ३ सय ५३ मत प्राप्त गर्नुभयो। त्यस्तै उपाध्यक्षमा राप्रपाकै निनसरी राजवंशी ५ हजार ७ सय ७४ मतका साथ निर्वाचित हुनु भएको छ। उहाको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गीता ओडारी खरेलले ५ हजार ७२ मत प्राप्त गर्नुभयो। वडा नम्बर १ बाट राप्रपाका लक्ष्मीनारायण यादव , वडा नम्बर २ बाट एमालेका मेखबहादुर भट्टराई, वडा नम्बर ३ बाट राप्रपाका विजयकुमार राजवंशी, वडा नम्बर ४ बाट नेपाली कांग्रेसका परमानन्द सिंह राजवंशी, वडा नम्बर ५ बाट राप्रपाका महेशलाल गणेश, वडा नम्बर ६ बाट एमालेका कुलबहादुर कार्की र वडा नम्बर ७ बाट नेपाली कांग्रेसका भरत राजवंशी निर्वाचित हुनु भएको छ।

७ वटा वटा रहेको यस गाउँपालिकामा तीन वटा वडामा राप्रपा, २ वटा वडामा एमाले र कांग्रेसले बाजी मारेका छन्। कुल १९ हजार ५ सय १ मत खसेकोमा १८ हजार ५ सय १० मत सदर भएको र ९९१ मत बदर भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.