जनप्रतिनिधिले काम सुरु गरेपछि सुदूरपश्चिमको विकास हुन्छ : देउवा
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिमको विकास हुने बताउनुभयो। सोमबारदेखि प्रदेश नम्बर ७ अथवा सुदूरपश्चिमको भौतिक, आर्थिक र सामाजिक विकासका लागि खाका तयार पार्न धनगढीमा सुरु भएको दुई दिने वृहत् कार्यशालाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो।
देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधिले विकासमा ध्यान दिने भएकाले सुदूरपश्चिमको विकास हुने बताउनुभयो। सुदूरपश्चिम विकास आयोग, सुदूरपश्चिम सरोकार मञ्च र नेपाल व्यवस्थापन संघ सुदूरपश्चिम च्याप्टरको आयोजनामा गोष्ठीको आयोजना गरिएको हो।
अहिलेसम्म प्राथमिकताका आधारमा विकास नभएको भन्दै सुदूरपश्चिम अर्थात् प्रदेश नम्बर सातको समयानुकुल विकासका लागि खाका तयार पार्न विज्ञसहितको दुई दिने वृहत कार्यासाला गोष्ठीको आयोजना गरिएको हो।
गोष्ठीको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले यस क्षेत्रमा रहेका संभावनाको उजागर गर्नुपर्नेमा जोड दिएका छन्। बझाङ भएर मानसरोवर जाने मार्ग मात्रै खोल्न सके प्रदेश नम्बर सातको आर्थिक गतिविधिमासुधार हुने प्राध्यापक डाक्टर हेमराज पन्तले बताउनुभयो।
सुदूरपश्चिम सरोकार मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीले प्रदेश नम्बर सातको जलश्रोतको उपयोगका लागि बर्षाैदेखी चर्चामा रहेका आयोजना, पञ्चेश्वर पश्चिम सेती र कर्णालीलाई मुर्त रुप दिनपर्ने सुझाव दिनुभयो। उहाँले, मलखाद सिमेन्ट जस्ता कारखाना खोलेर सुदूरपश्चिमका युवा पलायनको अवस्था रोक्न सुझाव दिनुभयो।
कार्यक्रममा सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिने मोवाइल एप्सको पनि प्रधानमन्त्री देउवा मार्फत सुभारम्भ गरिएको छ। यस क्षेत्रबाट चौथो पटक प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवा प्रमुख अतिथिका रुपमा सहभागी कार्यक्रममा बोलेका विज्ञहरुले यस क्षेत्रबाट राजनीतिमा उदाएका नेताले पनि आफ्नो भूमिलाई विकासमा पाखा लगाएर न्याय दिन नसकेको गुनासो पनि गरेका थिए। त्यो कुरा स्वीकार गर्दै पूर्वमन्त्री लेखराज भट्टले अब सबै मिलेर नयाँ खाका बमोजिम प्रदेशको विकासका लागि लाग्नुपर्ने बताउनुभयो।
गोष्ठीमा सुदूरपश्चिम जन्मेर देशको विभिन्न भागमा रहेका झण्डै १ सय ५० विषेशज्ञको सहभागिता छ। उक्त गोष्ठीमा सहभागी विषेशज्ञले, विकासको प्राथमिकिकरण गरी योजना प्रस्तुत गरिरहेका छन्।
कार्यक्रममा सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी दिने मोवाइल एप्सको पनी प्रधानमन्त्री देउवा मार्फत सुभारम्भ गरिएको थियो। यस क्षेत्रबाट चौथो पटक प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवा प्रमुख अतिथिका रुपमा सहभागी कार्यक्रममा बोलेका विज्ञले यस क्षेत्रबाट राजनीतिमा उदाएका नेताहरुले पनि आफ्नो भुमीलाई विकासमा पाखा लगाएर न्याय दिन नसकेको गुनासो गरे।