नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथ ग्रहण

नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथ ग्रहण

बैतडी : बैतडीका १० मध्ये नौ ओटा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सपथ लिएका छन्। जिल्लाका चार नगरपालिका र पाँचा गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीले सपथ ग्रहण गरेर कार्यभार सम्लाहेका छन्।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुरचौडी नगरपालिकाका नवनिर्वाचित पदाधिकारीले शपथ लिएको मुख्य निर्वाचन अधिकृत धु्रव कुमार शाहले जानकारी दिनुभयो। यस्तै सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले शपथ लिएको उहाँले बताउनुभयो।

सूर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले शनिबार नै शपथ ग्रहण गरेर कार्यभार सम्हालेका थिए।
दशरथचन्द नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई जिल्ला न्यायधीश एवं मुख्य निर्वाचन अधिकृत धुव्र कुमार शाहले शपथ ग्रहण गराउनुभएको थियो।

यसैगरी जिल्लाका अन्य स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृतले सपथ ग्रहण गराउनुभएको थियो। यस्तै सूर्नया गाउँपालिकाको वडा नं ४ का नवनिर्वाचित सदस्यलाई वडा कार्यालयमा शपथ ग्रहण गराइएको छ। वडासदस्यलाई वडा अध्यक्ष दिनेशप्रसाद भट्टले शपथ ग्रहण गराउनुभएको थियो।

शपथग्रहण गरेलगत्तै दशरथचन्द नगरपालिकाको मेयर पदको कार्यभार सम्हालेका नरेन्द्रसिंह थापाले दशरथचन्द नगरपालिका स्वच्छ, समुन्नत, गतिशील नगरपालिका बनाउने उद्घोष गर्नुभयो। उहाँले भन्नुभयो, ‘यो जीत सबै नागरिकको हो। सबैको सहयोगमा नगरपालिकालाई अघि बढाउनेछु।’

शपथग्रहण गरेपछि कार्यभार सम्हाल्दै जनप्रतिनिधिले जनताको हितमा काम गर्ने बताएका छन्। ‘जनताको मतको सम्मान गर्न कुनै कसर बाँकी राखिने छैन्। जनताको हितविपरीत कुनै कार्य गरिने छैन्।’ सूर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले भन्नुभयो, ‘जनप्रतिनिधि नहुँदा नागरिकले भोग्नु परेका समस्या अब भोग्नुपर्ने छैन्।’

यसैबीच पाटन नगरपालिका नगरबोर्डको पहिलो बैठकले नगरबासीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ। बैतडीमा उपचार हुन नसकेका र डाक्टरले अन्यत्र रेफर गरेकाहरुका लागि निशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको नवनिर्वाचित मेयर केशवबहादुर चन्दले बताउनुभयो। उहाँले भन्नुभयो ‘हामी जनतालाई महसुस हुने गरेर आगामी दिनमा सेवा दिनेछौं। त्यसका लागि नागरिकबाट सहयोगको अपेक्षा गरेको छु। नमूना नगर बनाउने अभियानमा लाग्नेछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.