मुग्लिन-नारायणगढ सडक खण्डमा राति सवारी चलाउन रोक

मुग्लिन-नारायणगढ सडक खण्डमा राति सवारी चलाउन रोक

काठमाडौं : मुग्लिन-नारायणगढ सडक खण्डमा राति सवारी चलाउन रोक लाग्ने भएको छ। संसद्को विकास समितिले वर्षात्को समयावधिभर अर्थात् आगामी डेढ महिनासम्म रातको समयमा सवारी आवागमनमा निषेश गर्न भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसहितको सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

रातको समयमा दिउँसोको तुलनामा बढी जोखिम हुने, जनधनको क्षति पनि रातकै समयमा बढी हुनसक्दै भन्दै विकास समितिले यस्तो निर्देशन दिएको हो। समितिका सभापति रविन्द्र अधिकारीले उक्त सडक खण्डमा थप सडक सुरक्षाको प्रवर्धन गर्न, रातिको समयमा सवारी आवागमनलाई निषेध गर्न, वैकल्पिक मार्गको प्रयोग गर्न निर्देशन दिएको बताउनुभयो।

उहाँका अनुसार सम्भव भएसम्म रातकै समयमा यो सडक विस्तारको कार्य गर्न पनि निर्देशन दिइएको छ। यो स्थामा रहेका जोखिम बस्तीलाई स्थानान्तरण गर्न तत्काल वैकल्पिक व्यवस्थापन गर्न समितिले निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो।

मुग्लिन–नारायणगढ सडकखण्डमा सम्झौता अनुसार सन् २०१७ को अप्रिल महिना भित्रै निर्माण सम्पन्न गरिहस्तान्तरण भइसक्नु पर्ने थियो। यो सडक निर्माण गर्दा पहिलो २ मिहना प्रक्रियामै अल्झिएको र निर्माण सामग्रीको अभावले सडक विस्तारको काम ढिलो भएको उल्लेख छ। यो सडकले हालसम्म ६७ प्रतिशत प्रगति गर्नुपर्ने भए पनि ५० प्रतिशत मात्रै रहेको पनि उल्लेख छ। सरकारले ठेकेदार कम्पनीलाई समय थप गरेर सन् २०१७ भित्रै सडक विस्तार सक्न निर्देशन दिएको छ।

यो सडकको विस्तारका क्रममा बन्ने पुलहरूको टेन्डरलगायतको प्रक्रिय तत्काल अगाडि बढाउन पनि समितिले निर्देशन दिएको छ। यो सडक खण्डको विस्तार गर्ने कार्यका लागि आवश्यक पर्ने डाईभर्सनलाई चाहिने बेलिब्रिजको समयमा नै व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.