राजपा निर्वाचनमा भाग लिने
काठमाडौं: राष्ट्रिय जनता पार्टीले असोज २ का लागि तय गरिएको तेस्रो चरणको स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ ।
राजपाले निर्वाचनमा दल दर्ता विधान निर्माण तथा दलीय चुनाव चिह्न लिन आयोगले निर्धारण गरेका आवश्यक मापदण्ड पूरा गर्ने विषयमा दलका शीर्ष नेताबीच मंगलबार छलफल भएको छ ।
राजपाका नेता राजकिशोर यादवले निर्वाचनमा सहभागिताका लागि घोषणपत्र निर्माण गरी छातालाई निर्वाचन चिह्न लिनेबारे बैठकमा छलफल भएको बताउनुभयो ।