कुलप्याडको ग्रोभ विथ दी कुल वान योजना
काठमाडौं: कुलप्याड स्मार्टफोन नेपालले ‘ग्रोभ विथ दी कुल वान’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्ष्य गर्दै यो योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत प्रत्येक कुलप्याड कुलवान मोबाइलको खरिदमा ग्राहकले जेबीएल इन इएर हेडफोन निःशुल्क प्राप्त गर्ने भएका छन् । यो योजना नेपाल अधिराज्यभरको आधिकारिक कुलप्याड काउन्टरमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।
नेपालमा कुलप्याड स्मार्टफोनको कुलवान मोबाइल यो वर्षको प्रमुख मोडल हो । यो मोडल नेपालको पहिलो १३ प्लस १३ मेगापिक्सल ड्युल रियर क्यामेराको साथ आएको छ । यसका साथै स्मार्टफोनको क्यामेरामा ड्युल टेक्पेचर एलईडी फ्ल्यास रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ड्युल रिएर क्यामेराले विस्तृत तस्बिर लिने मात्रै नभई फोरके अल्ट्रा एचडी भीडीयो रेकर्डिङको मजा लिन मद्दत गर्नेछ । क्वालकम स्न्यापड्रागन ६५२ विथ एडरेनो ५१० जीपीयु प्रोसेसर रहेको यो स्मार्टफोनमा चार जीबी र्याम र ३२ जीबी रोम छ । यसले स्मार्टफोनलाई कुनै पनि रोकावट बिना सञ्चालन हुन मद्दत गर्नेछ । कोरिङ गोरिल्ला ग्लासद्वारा निर्मित स्क्रिन रहेको कुलवान फोनमा चार हजार ६० एमएएचको ब्याट्री रहेको छ । जसले स्मार्टफोनलाई एक पटकको चार्जमा लामो समयसम्म टिक्न मद्दत गर्छ ।
यसका साथै स्मार्टफोनमा युएसबी टाइप-सी जडान गरिएको छ । जसले अत्यधिक द्रुतगतिमा चार्ज हुन र डाटा ट्रान्सफर गर्ने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले स्मार्टफोनको खरिदमा ग्राहकलाई प्रदान गर्न भनिएको हेडफोन सेग्मेन्टमै उत्कृष्ट हेडफोन हो । पियोर बास साउन्ड, वान वटन विथ माइक्रोफोन, उच्च गुणस्तरको जेबीएल हेडफोन अरू हेडफोनको भन्दा फरक रहेको कम्पनीको दाबी छ ।
नेपालका लागि कुलप्याड स्मार्टफोनको आधिकारिक विक्रेता जयमाँ इन्टरकन्टिनेन्टलले कुलप्याडका स्मार्टफोन प्रयोगकर्तालाई एकदमै राम्रो उत्पादनका साथै किफायती मूल्यमा बिक्री गर्दै आएको छ । आफ्ना ग्राहकसमक्ष उच्च प्रविधियुक्त उत्पादन पुर्याउने कम्पनीले विश्वास लिएको छ ।