हेटौंडामा सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा

हेटौंडामा सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा

काठमाडौं: सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ३९ औं शाखा हेटौंडामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले गर्नुभएको छ । सो अवसरमा उहाँले बैंक तथा वित्तीय संस्थाले बैकिङ सेवालाई सहरमा मात्र केन्द्रित नगरी ग्रामीण तथा सुदूर क्षेत्रका स्थानीय तहमा विस्तार गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रमका अतिथि उद्योग वाणिज्य संघ हेटौंडाका अध्यक्ष राजकुमार न्यौपानेले डेभलपमेन्ट बैंकले हेटौंडामा शाखा विस्तार गरेकोमा खुसी व्यक्त गर्दै व्यापारिक कर्जा भन्दा पनि प्रोजेक्टमा आधारित कर्जामा लगानी बढाउन सुझाव दिनुभएको छ ।

उक्त कार्यक्रममा डेभलपमेन्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीले शाखामा जडान गरिएको एटिएम मेसिनको उद्घाटन गर्दै डेभलपमेन्ट बैंकको जनता बैंक नेपालसँग मर्जसम्बन्धी प्रक्रिया टुंगिन लागेको जानकारी दिनुभएको छ । दुई सवल बैंकको एकीकृत कारोवारबाट उच्चस्तरको बैकिङ सेवा अभिवृद्धिका लागि सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मि श्रले स्वागत मन्तव्य राख्दै सिद्धार्थ डेभलपमेन्ट बैंक व्यावसायिक तथा सांगठनिक रूपमा सवल डेभलपमेन्ट बैंक रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले जनता बैंक नेपालसँगको एकीकृत कारोवारले नेपालको बैकिङ क्षेत्रमा एक सवल, सक्षम र उच्च व्यावसायिक बैंकका रूपमा गुणात्मक वृद्धि गरी वित्तीय पहुँच विस्तार गर्ने दृढता व्यक्त गर्नुभयो । शाखा उद्घाटन समारोहमा उद्योगी तथा समाजसेवी अरुण सुमार्गीलगायत हेटौंडाका उद्योगी व्यापारी सहभागी हुनुहुन्थ्यो ।

उक्त कार्यक्रम बंकका उप–महाप्रबन्धक ध्रुवकुमार पौडेलले सञ्चालन गर्नुभएको थियो । जनता बैंक नेपालसँग मर्ज हुने अन्तिम चरणमा रहेको सिद्धार्थ डेभलपमेन्ट बैंकको मर्जपछि जनता बैंक नेपालका नेपालभर रहेका एक सय १३ वटा शाखाबाट बैकिङ सेवा–सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.