माछापुच्छ्रे बैंकद्वारा निःशुल्क आँखाशिविर
काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवघाट तनहुँस्थित गलेश्वर आश्रममा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
शनिबार आयोजना भएको उक्त स्वास्थ्य शिविरमार्फत एक ६३ भन्दा बढी बिरामीको आँखा परीक्षण गराएका छन् । ४९ जना बिरामीलाई निःशुल्क चस्मा वितरण गरिएको उक्त कार्यक्रममा विभिन्न आवश्यक औषधिसमेत दिइएको बैंकले जनाएको छ ।
त्यसैगरी, उक्त शिविरमार्फत छानिएका १२ जना बिरामीको भरतपुर आँखा अस्पतालमा निःशुल्क(मोतीयाबिन्दु) पनि परीक्षण गरिएको थियो । यस बंैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुदलगायत क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्दै आएको छ ।
यसका साथै भविष्यमा पनि यस्ता कार्यक्रम जारी रहने जनाएको छ । पोखराबाट ०५७ सालमा बैंकिङ कारोवार सुरु गरेको यस बैंकको कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउन्टर एकका साथै आफ्नै एटिएमको संख्या ७३ छ ।
६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले ०७३ साल चैत मसान्तसम्म ५८ अर्ब ४८ लाख निक्षेप परिचालन गरी ५३ अर्ब ५८ लाख कर्जा प्रवाह गरेको छ भने सोही अवधिमा एक अर्ब ५१ लाख खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।