दशरथचन्द नगरपालिकाका मेयरलाई तत्काल काम नगर्न अदालतको आदेश

दशरथचन्द नगरपालिकाका मेयरलाई तत्काल काम नगर्न अदालतको आदेश

महेन्द्रनगर : बैतडीको दशरथचन्द नगरपालिकामा निर्वाचित नगर प्रमुखलाई अर्को आदेश जारी नभएसम्म कुनै काम कारवाही नगर्न नगराउन अन्तरिम आदेश दिएको छ।

उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले विजयी भनिएका नगर प्रमुख नरेन्द्रसिंह थापालाई कुनै काम नगर्न नगराउन अन्तरिम आदेश जारी गर्नु भएको हो। राप्रपाका नगर प्रमुखका उम्मेदवार पुष्करराज जोशी लख्खाभाइले दिएको उजुरीमाथि बुधबार भएको बहसपछि उक्त आदेश आएको हो।

दशरचन्द नगरपालिका बैतडीको मतगणना परिणाम बदर गरी दोहोर्‍याइ पुनः पुरै मतगणना गराई पाऊँ भनी उच्च अदालत दिपायल इजलास महेन्द्रनगरमा उजुरी परेको थियो। उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश माग गरेकोले निवेदन व्यहोरा र बहस जिकिर सुनि विचार गर्दा दुवैपक्षलाई रोहबरमा राखी छलफल गराउन उचित देखिएकाले छलफलका लागि असार २९ गतेको पेशी समेत तोकिएको छ।

असार २९ गते दुवै पक्षसंगको छलफलपछि अदालतले फैसला सुनाउने छ। नेपाली कांग्रेसका नरेन्द्रसिंह थापा ३ हजार ७ सय ६२ मत ल्याएर विजयी भएका हुन्। भने राप्रपाका पुष्कर राज जोशी लख्खाभाइले ३ हजार ७ सय मत प्राप्त गर्नुभएको हो। धाधली पूर्ण रुपमा मतगणना भएको भन्दै राप्रपाले मंगलबार उजुरी दर्ता गराएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.