बुटवल उपमहानगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनलाई हराउँदै एमाले विजयी

बुटवल उपमहानगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनलाई हराउँदै एमाले विजयी

बुटवल : बुटवल उपमहानगरपालिकामा एमाले विजयी भएको छ। उपमहानगरगरपालिकाको मेयरमा एमालेका शिवराज सुवेदी २३ हजार २ सय ४९ मत ल्याएर विजयी हुनु भएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खिलराज पाण्डेले २० हजार ८ सय ५१ मत ल्याउनु भएको छ।

उपमेयरमा समेत एमाले नै विजयी भएको छ। एमालेकी उपमेयरकी उम्मेदवार गोमादेवी आचार्य २५ हजार ३ सय १ मत ल्याएर विजयी हुनु भएको हो। उहाँकी प्रतिद्वन्द्वी माओवादीका उपमेयर उम्मेदवार जगत पोखरेलले १४ हजार ७ सय ९२ मत ल्याउनु भएको छ।

बुटवल उपमहानगरमा कांग्रेस र माओवादीले गठबन्धन गरे पनि भारी मत अन्तरले गठबन्धन पराजित भएको हो।

बुटवलमा मेयर, उपमेयर सहित एमाले ९७ पदमध्ये ८९ पद आफ्नो पक्षमा पारेको छ। १९ वडा रहेको बुटवलका १६ वडा अध्यक्षसहित प्यानलै जितेको छ। कांग्रेसले वडा नम्बर १३ मा अध्यक्षसहित एक सदस्य, १८ मा अध्यक्ष र १९ मा वडा अध्यक्षसहित तीन सदस्य मात्रै जित्न सफल भयो। बुटवल उपमहानगरपालिकाबाट माओवादी केन्द्रसहितका दलले सदस्य समेत जित्न सकेनन्।

गठबन्धनलाई जनमुक्ति पार्टी, नयाँशक्ति, संघीय समाजवादी फोरमले सहयोग गरेका थिए। आधा दर्जन दलको मोर्चासंग एमालेले जित निकालेको हो। बुटवल एमाले उपमहासचिव विष्णु पौडेलले लगातार दुई पटक जितेको क्षेत्र हो। ०५४ सालमा एमालेकै भोजप्रसाद श्रेष्ठ मेयर रहनुभएको थियो।

विजयी भएका मेयर सुवेदीले बुटवलबासी सबैको भावना समेटेर नमुना नगरको विकासमा जुट्ने बताउनुभयो। चुनावको समयमा एक अर्काे पक्ष भए पनि जित्ने हार्ने सबैमा बुटवलको चिन्ता रहेको बताउदै आफूले नेतृत्व गरेर विकासमा लाग्ने बताउनुभयो।

उपमेयर गोमादेवी आचार्यले महिला अधिकार शशक्तिकरणका लागि बुटवल नमुना बनाउने दायित्व आफूहरुको काधमा आएको भन्दै सबैको सहयोगमा अघि बढ्ने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.