तुल्सीपुर उपमहानगरमा एमाले विजयी

तुल्सीपुर उपमहानगरमा एमाले विजयी

दाङ : तुल्सीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । निकटत्म प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मतले पछि पार्दै एमालेका उम्मेदवार घनश्याम पाण्डे मेयरमा र माया आचार्य उपमेयरमा निर्वाचित हुनुभएको हो।

पाण्डेले निकटत्म प्रतिष्पर्धी कांग्रेसका उम्मेदवारभन्दा तीन हजार नौ सय ५४ अन्तरमा विजयी हासिल गर्नुभएको हो भने आचार्यले आठ सय ५२ मतको अन्तरले विजय हासिल गर्नुभएको हो ।

पाण्डेले २२ हजार ८ सय ५७ मत ल्याउनुभएको छ भने उहाँका निकटत्म प्रतिष्पर्धी गिरीले १८ हजार ९ सय ३ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा माया आचार्यले २१ हजार ३७ मत ल्याउनुभएको छ भने उहाँका निकटत्म प्रतिष्पर्धी कांग्रेसका देवका नेपालीले २० हजार १ सय ८५ मत ल्याउनुभएको छ।

एमालेले तुल्सीपुरका वडा नम्बर १, ३, ४, ६, १२, १५, १६, १८, १९ मा प्यानल विजयी भएको छ । त्यस्तै वडा नम्बर ७ मा दुईजना खुल्ला सदस्यमा जित हाँसिल गरेको छ । तुल्सीपुर १६ मा भुपबहादुर केसीको नेतृत्व विजयी भएको हो । 

पाण्डे यसअघि पनि २३ वर्षकै उमेरमा जनप्रतिनिधिमा निर्वाचित भइसक्नुभएको थियो । त्यस्तै उहाँका निकटत्म प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरी पनि तात्कालीन समयमा जनप्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।

 तुल्सीपुरसँगै दाङको सबै १० स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । दाङमा एमाले ६ स्थानीय तह जित हासिल गरी पहिलो पाटी बनेको छ ।  कांग्रेसले ३ र माओवादीले १ स्थानीय तह जित हाँसिल गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.