बजेट नहुँदा ‘जीन बैंक' रोकियो

बजेट नहुँदा ‘जीन बैंक' रोकियो

काठमाडौं : रैथाने वनस्पति संरक्षण गर्न स्थापना गर्न लागिएको जीन बैंक बजेट अभावले रोकिएको छ । वनस्पति विभागले वर्षौंदेखि बैंक स्थापना गर्ने लक्ष्य लिए पनि नगरिँदा नेपालमा मात्र पाइने वनस्पति थप खतरामा परेको छ ।

प्राकृतिक र मानवीय कारणले लोप भएका र दुर्लभ तथा लोपोन्मुख सूचीमा परेका वनस्पतिको जीन संरक्षण गर्ने लक्ष्यले बैंक स्थापना गर्ने तयारी गरेको राष्ट्रिय वनस्पति उद्यान ललितपुर प्रमुख दीपक लामिछानेले बताउनुभयो । डेढ करोड बजेट सरकारसँग माग गरिए पनि गत वर्ष १५ लाख मात्र विनियोजन हुँदा काम अघि बढाउन नसकिएको उहाँले बताउनुभयो । प्राकृतिक र मानवीय कारणले लोप भएका वनस्पतिको जीन संरक्षण गर्नुपर्ने अवस्था रहेको विभागको भनाइ छ।

आईयुसीएनको खतरा सूचीमा परेको गुन्सी, सतुवा, चाँप, पाखन्वेद, सिप्लीकान, सुनगाभा, रुख उन्यूलगायत फूल फुल्ने तीन सय २४ वटा प्रजाति छन् । नेपालमा मात्र पाइने रैथाने बनस्पती उडिलोलगायतलाई संरक्षण सुरु गरे पनि जीन संरक्षण नगरी नहुने वनस्पति बढी रहेको विभागको निष्कर्ष छ । विभागले अस्थायी संरक्षण सुरु गरे पनि जीन बैंक स्थापना गर्न वर्षौंदेखि पहल गर्दै आएको जनाएको छ ।

लामो समयसम्म भण्डारण गरी सुरक्षित गर्न सकिने वनस्पतिका लागि माइनस १८ डिग्री र छोटो अवधिका लागि चार डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने प्रमुख लामिछानेले जानकारी दिनुभयो । भवन, भण्डारण कोठा निर्माण, स्क्रिनिङ र उम्रशक्ति जाँच गर्ने सामग्री खरिदमा बजेट अभाव भएको विभागले जनाएको छ । विनियोजित बजेट पूर्वाधार निर्माणमा आएकाले काम अघि बढाउन नसकिएको विभागको गुनासो छ ।

‘जीन बैंक' स्थापना भए नेपालमा मात्र पाइने तथा खतराको सूचीमा रहेका वनस्पतिको बीउबिजन सुरक्षित हुने वनस्पतिविज्ञको भनाइ छ ।

नेपालमा ११ हजार प्रजाति वनस्पति भए पनि नेपालमा मात्र पाइने वनस्पतिको महत्वव बढी छ । विभागले कार्यक्रम नै राखेको भन्दै दुई वर्षभित्र जीन बैंक निर्माण गर्ने जनाएको छ । वनस्पतिसम्बन्धी अध्यन गर्ने विद्यार्थीका लागि पनि प्रयोगयोग्य हुने गरी बैंक स्थापना गर्ने लक्ष्य विभागले लिएको विभागकी सूचना अधिकारी सुधिता बासुकलाले बताउनुभयो ।

‘जीन बैंक' स्थापनाले नेपालमा मात्र पाइने तथा खतराको सूचीमा रहेका वनस्पतिको बीउ-बिजन सुरक्षित हुने वनस्पतिविज्ञको भनाइ छ । नेपालमा पाइने तथा लोपोन्मुख घोडताप्रे, सुनाखरी तथा सुनगाभाजस्ता वनस्पति प्रजातिको संरक्षणमा थप टेवा पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.