हिमालपारि कलाका कुरा

हिमालपारि कलाका कुरा

काठमाडौं : हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा कला कार्यक्रम सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान अन्तर्गतको चित्रकला विभागले कला प्रचारप्रसार, अध्ययन तथा विद्यार्थीका लागि कला कार्यक्रम २०७४ आयोजना गरेको हो ।

मौलिक सांस्कृतिक सम्पदा, फरक शैलीको जीवनयापन, संवेदनशील तथा मनोरम प्राकृतिक छटाले धनी मुस्ताङ कला विकासका दृष्टिले ओझेल परेको मानिँदै आएको छ । बर्सेनि स्वदेशी तथा विदेशी पर्यटकको लर्को लाग्ने मुस्ताङमा कलाको विकास गर्न सकिए नेपाली कला क्षेत्रले मनग्य लाभ लिनसक्ने बताइएको छ ।

विश्वसामु नेपाली कला र कलाकारलाई थप चिनाउन यसले मद्दत गर्ने सहभागीले बताएका छन् । विभिन्न धार्मिक क्षेत्र र गुम्बाका कारण यस क्षेत्रमा परम्परागत चित्रकलाको प्रभाव पहिलेदेखि नै रहेको अनुमान गरिएको छ ।

कार्यक्रममा मुस्ताङका जनहित मावि, धौलागिरि मावि, जनकल्याण आधारभूत विद्यालय, मुक्ति नमुना आधारभूत विद्यालय, जनवाल माविका करिब ४० जना विद्यार्थी सहभागी थिए । कला प्रशिक्षण कार्यक्रम यही असार १८ र १९ गते जोमसोममा सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ ।

सहभागी विद्यार्थीलाई पानी रङको माध्यमबाट चित्रकला बनाउने विभिन्न प्रारम्भिक तरिका र अभ्यास गराइएको थियो । अतिथिका रूपमा व्यवस्थापिका संसद्का सदस्य श्रीमाया थकालीले दुर्गम ठाउँमा आएर विद्यार्थीलाई कला शिक्षा दिने र कलाको महत्वव बुझाउने कार्य सराहनीय भएको बताइन् ।

घरपझोङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङले शुभकामना कार्यक्रममा शुभकामना दिएका थिए । पूर्वसांसद तथा धौलागिरि बोर्डिङ स्कुलका प्राचार्य चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार मनोज तामाङले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.