विराटनगर महानगर : एक हप्तामा आधामात्र गणना

विराटनगर महानगर : एक हप्तामा आधामात्र गणना

विराटनगर : विराटनगर महानगरमा एक सातामा आधामात्र मत गणना भएको छ ।गतसाता बिहीबारबाट गणना सुरु भएपनि आधाभन्दा बढी मत गणना हुन सकेको छैन ।

तर गणना ढिला भएपछि काठमाडौंबाट निर्वाचन आयोगका उपसचिव विसकसेन ढकाल नेतृत्वको टोलीसमेत खटिएपछि गणनाले केही तिव्रता लिएको हो ।
मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले भन्नुभयो,‘बिहीबार साढे दश बजेसम्म ४३ हजार मत गणना सकिएको छ ।'

पोखरेलका अुनसार पछिल्लो समय वडा नम्बर ५ र १५ को पनि गणना पूरा भएको छ । तर, परिणाम भने सार्वजनिक गरिएको छैन । उपसचिव ढकालको नेतृत्वमा काठमाडौबाट १९ गते कमर्चचारी आएका थिए ।

हालसम्म वडा नम्बर १,२,३,४,५, १५,१६,१७,१८ र १९ नम्बरको मतगणना पूरा भएको छ । विराटनगरमा ८० हजार ४ सय ७७ मत खसेको थियो । पछिल्लो मत परिणामअनुसार कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुली अग्रस्थानमा हुनुहुन्छ । विराटनगरको गणना पूरा हुन अझै ५ दिन लाग्ने बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.