दुर्घटनामा तरुण दलका युवाको मृत्यु

दुर्घटनामा तरुण दलका युवाको मृत्यु

इटहरी :  इटहरी उपमहानगरपालिकाको मुख्य चोकदेखि एक किमी दक्षिणको धरान–विराटनगर सडकखण्डको साथी फ्युल पेट्रोल पम्प नजिक ट्याक्टरको ठक्करबाट इटहरी–२० का तरुण दलका युवा रोशन तामाङको घटनास्थलमा नै मृत्यु भएको छ ।

इटहरीबाट विराटनगरतिर गइरहेका तामाङ ओभरटेक गर्ने क्रममा ट्याक्टरमा ठोक्किएपछि पछाडिबाट आउँदै गरेको ट्रकले सडकमा पछारिन पुगेका युवक तामाङ किचिन पुगेका थिए ।

को ६ प ९९२ नंको मोटरसाइकलमा यात्रारत युवा तामाङलाई को १ त १५८३ नंको ट्याक्टरमा ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । अहिले बिहान ९ बजेतिर भएको उक्त घटनामा परेका युवक तामाङको टाउको क्षतविक्षत अवस्थामा रहेको छ ।

घटनास्थलमा ट्याक्टरबाहेक ना ५ ख ३४३८ नंको ट्रकसमेत सोही स्थानमा भएकाले ती दुवै सवारीसाधनको ठक्करबाट युवक तामाङको ज्यान गएको हुनसक्ने भन्दै प्रहरीले ती दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई कानुनी कार्वाहीका लागि आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.