उपसचिव कमल थापालाई निर्वाचन अधिकृत बनाएपछि धरानमा मतगणना सुरु

उपसचिव कमल थापालाई निर्वाचन अधिकृत बनाएपछि धरानमा मतगणना सुरु

धरान : चार दिनदेखि स्थगित भएको धरानको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृत जयप्रसाद महतलाई हटाएर कमल थापालाई नियुक्त गरेपछि बिहीबार दिउँसोबाट मतगणना सुरु भएको हो।

नवनियुक्त निर्वाचन अधिकृत थापा इलाका प्रशासन कार्यालय धरानमा उपसचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो। स्थानीय राजनीतिक दल र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि नयाँ निर्वाचन अधिकृत नियुक्त गरेर अगाडि बढ्ने सहमति भएको थियो।

सोही सहमति अनुसार निर्वाचन अधिकृतसहित सम्पूर्ण पुराना कर्मचारीलाई हटाएर जिल्ला प्रशासन कार्यालयका नयाँ कर्मचारीलाई मतगणकको रुपमा खटाइएको छ।

धरान उपमहानगरपालिका वडा नम्बर १ देखि १० सम्मको मतगणना भइसकेको छ। संघीय समाजवादी फोरमको मत मालेको खातामा परेको भन्दै विवाद भएपछि मतगणना चार दिनदेखि स्थगित भएको थियो।

सर्बदलीय बैठकमा भएको सहमति अनुसार निर्वाच्न अधिकृतदेखि कर्मचारीसम्म नयाँ राखेर धरान ११, १२ र १३ को मतगणना सुरु भएको छ।

नेताहरुबीच भएको सहमति अनुसार नयाँ कर्मचारीले अहिले वडा नम्बर ९ र १० को रिटोटलिङ कार्य गरिराखेका छन्। अब मतगणनालाई व्यवस्थित ढंगले निष्पक्ष रुपमा अगाडि बढाउने सहमति सर्बदलीय बैठकमा भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.